ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यापार सम्झौताप्रति वातावरण समूहहरुको शङ्का


admin
आश्विन १६, २०७५ मंगलबार  १२ : ४९ बजे

मन्ट्रियल, १६ असोज ।  वातावरणका क्षेत्रमा क्रियाशील ग्रीनपिस र सिएरा क्लबलगायतका संस्थाहरुले अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता (युएसएमसीए) मा वातावरणीय मुद्दाहरुमा कमजोर प्रावधान राखिएको भन्दै आलोचना गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो सम्झौताले उत्तर अमेरिकालाई पुनः “औद्योगिक उत्पादनमा महाशक्ति” बनाउने र त्यसले अमेरिकी आर्थिक वृद्धि हुने घोषणा गर्नुभएको थियो । यो सम्झौताले करिब २० वर्षअघिको उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौतालाई प्रतिस्थापन गर्नेछ ।

क्यानडाको ओटावामा पत्रकार सम्मेलन गर्दै क्यानडाकी विदेशमन्त्री क्रिस्टिया फ्रिल्यान्डले व्यापार सम्झौतामा हावाको गुणस्तरमा ध्यान दिनेगरी नयाँ वातावरण अध्याय राखिएको बताउनुभयो । “अहिले राखिएका वातावरणीय प्रावधानहरु विगतका भन्दा बलिया छन् ।”

तर आलोचकहरुले झण्डै १२ खर्ब डलरको यो व्यापार सम्झौताले विश्वको वातावरण र जनसंख्यालाई समानुपातिक रुपमा समेट्न बताएका छन् । सामाजिक पक्षमा बढी वकालत गर्ने क्यानेडाली परिषदले सम्झौतामा “जलवायू परिवर्तन” लाई नराखिएकोमा दुःख व्यक्त गरेको छ ।

नाफ्टामा रहेको गलत नियमलाई अहिलेको सम्झौतामा पनि राखिएको छ र खनिज तेल उद्योगको वृद्धिलाई स्वागत गरिएको छ, ग्रीनपिसका तर्फबाट वक्तव्य जारी गर्दै चार्ली क्रेले बताउनुभयो ।

नयाँ सम्झौतामा जलवायू परिवर्तनलाई समावेश नगर्नु मात्र होइन कि जलवायू सङ्कटमा समूहले गरेका कार्यहरुमा पनि प्रश्न उठाइएको छ, सिएरा क्लबले भनेको छ ।

ट्रम्पको नेतृत्वमा रहेको संयुक्तराज्य अमेरिका यसअघि नै पेरिस जलवायू सम्झौताबाट अलग भइसकेको छ । यो सम्झौताले दुई डिग्री सेल्सियसले विश्वको तापक्रमलाई घटाउने लक्ष्य राखेको छ ।

आलोचकहरुले जेसुकै भनेपनि सम्झौतामा केही राम्रा कुराहरु राखिएको छ ।

पुरानो नाफ्टा सम्झौतामा वातावरणसम्बन्धी अलग अध्याय राखिएको थिएन । नयाँ सम्झौतामा समुद्रको प्लास्टिक प्रदूषणलाई विशेष रुपमा महत्व दिइएको छ किनभने समुद्रको प्रदूषणमा प्लास्टिकले सबैभन्दा ठूलो चुनौती खडा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

ट्रम्पद्वारा युरोपेली गाडीहरूमा कर बढाउने घोषणा: व्यापार युद्धको खतरा

सम्बन्धित

ट्रम्पद्वारा युरोपेली गाडीहरूमा कर बढाउने घोषणा: व्यापार युद्धको खतरा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

बुद्ध पूर्णिमाको अवसरमा म्यानमारमा १५ सयभन्दा बढी कैदीलाई आममाफी

हाम्रो आधुनिक समस्याको ९०० वर्ष पुरानो समाधान

ट्रम्पको नाकाबन्दी संकेतपछि २४ घण्टामै तेल मूल्य १३% भन्दा बढी वृद्धि

राजा चार्ल्सको ठट्टा र शिष्टताभित्र ट्रम्पलाई केही सुक्ष्म जवाफहरू : न्यूयोर्कटाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com