ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यापार सम्झौताप्रति वातावरण समूहहरुको शङ्का


admin

मन्ट्रियल, १६ असोज ।  वातावरणका क्षेत्रमा क्रियाशील ग्रीनपिस र सिएरा क्लबलगायतका संस्थाहरुले अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता (युएसएमसीए) मा वातावरणीय मुद्दाहरुमा कमजोर प्रावधान राखिएको भन्दै आलोचना गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो सम्झौताले उत्तर अमेरिकालाई पुनः “औद्योगिक उत्पादनमा महाशक्ति” बनाउने र त्यसले अमेरिकी आर्थिक वृद्धि हुने घोषणा गर्नुभएको थियो । यो सम्झौताले करिब २० वर्षअघिको उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौतालाई प्रतिस्थापन गर्नेछ ।

क्यानडाको ओटावामा पत्रकार सम्मेलन गर्दै क्यानडाकी विदेशमन्त्री क्रिस्टिया फ्रिल्यान्डले व्यापार सम्झौतामा हावाको गुणस्तरमा ध्यान दिनेगरी नयाँ वातावरण अध्याय राखिएको बताउनुभयो । “अहिले राखिएका वातावरणीय प्रावधानहरु विगतका भन्दा बलिया छन् ।”

तर आलोचकहरुले झण्डै १२ खर्ब डलरको यो व्यापार सम्झौताले विश्वको वातावरण र जनसंख्यालाई समानुपातिक रुपमा समेट्न बताएका छन् । सामाजिक पक्षमा बढी वकालत गर्ने क्यानेडाली परिषदले सम्झौतामा “जलवायू परिवर्तन” लाई नराखिएकोमा दुःख व्यक्त गरेको छ ।

नाफ्टामा रहेको गलत नियमलाई अहिलेको सम्झौतामा पनि राखिएको छ र खनिज तेल उद्योगको वृद्धिलाई स्वागत गरिएको छ, ग्रीनपिसका तर्फबाट वक्तव्य जारी गर्दै चार्ली क्रेले बताउनुभयो ।

नयाँ सम्झौतामा जलवायू परिवर्तनलाई समावेश नगर्नु मात्र होइन कि जलवायू सङ्कटमा समूहले गरेका कार्यहरुमा पनि प्रश्न उठाइएको छ, सिएरा क्लबले भनेको छ ।

ट्रम्पको नेतृत्वमा रहेको संयुक्तराज्य अमेरिका यसअघि नै पेरिस जलवायू सम्झौताबाट अलग भइसकेको छ । यो सम्झौताले दुई डिग्री सेल्सियसले विश्वको तापक्रमलाई घटाउने लक्ष्य राखेको छ ।

आलोचकहरुले जेसुकै भनेपनि सम्झौतामा केही राम्रा कुराहरु राखिएको छ ।

पुरानो नाफ्टा सम्झौतामा वातावरणसम्बन्धी अलग अध्याय राखिएको थिएन । नयाँ सम्झौतामा समुद्रको प्लास्टिक प्रदूषणलाई विशेष रुपमा महत्व दिइएको छ किनभने समुद्रको प्रदूषणमा प्लास्टिकले सबैभन्दा ठूलो चुनौती खडा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com