ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीद्वारा पिरिस जलविद्युत् संयन्त्र निरीक्षण


admin
आश्विन १५, २०७५ सोमबार  ११ : २९ बजे

होजे, १५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोस्टारिकाको लस सान्तोस, इओलिका पार्कस्थित पिरिस जलविद्युत् संयन्त्र निरीक्षण गर्नुभयो ।

इओलिक पार्क आइपुग्दा प्रधानमन्त्री ओलीलाई संयन्त्रका प्रमुख इञ्जिनीयर जर्मन युरेना, डिबी एरियासले स्वागत गर्नुका साथै संयन्त्रका बारेमा जानकारी दिनुभयो । यसैगरी ‘कोस्टारिकन इलेक्ट्रिसिटी कर्पोरेसन’ (आइसीइ)का निर्देशक रोबेर्तो किरोसले सो परियोजनाका अन्य पक्षका बारेमा जानकारी गराउनुभएको थियो ।

कोस्टारिकाको ऊर्जा उत्पादनको ९८.१ प्रतिशत भाग नवीकरणीय ऊर्जाले ढाकेको छ । यीमध्ये पनि ८० प्रतिशत ऊर्जा जलविद्युत्बाट प्राप्त हुन्छ । यस मुलुकमा सामान्यतया हरेक वर्ष करीब ७५ दिन उर्जाको मागको १०० प्रतिशत नवीकरणीय ऊर्जाले पूर्ति गर्छ । आइसीइले पानी, पृथ्वीको ताप, हावा, सूर्य र जैविक इन्धनका आधारमा ऊर्जा उत्पादन गर्छ ।

यस संस्थाले सहायक ब्याकअपका लागि मात्र हाइड्रोकार्बन ऊर्जा उपयोग गर्ने गर्छ । आइसीईको सबैभन्दा ठूलो परियोजना राष्ट्रिय विद्युत् प्रणालीमा आरेनल, काची, आङ्गोस्तुरा, पिरिस तथा रेभेन्ताजोन गरी चारवटा जलविद्युत् परियोजना छन् जसमा जलाशयसमेत छ ।

यसैगरी पृथ्वीको तापका आधारमा मिराभालेस जियोथर्मल तथा लास पाइलास जियोथर्मल प्लान्ट गरी दुई परियोजना पनि यस संस्था अन्तर्गत छन् । आइसीइअन्तर्गत वायु ऊर्जा प्रणाली पनि छन् ।

यस संस्थाको क्यान बाग्यासे आयोमास ऊर्जा संयन्त्र कोस्टारिकाको उत्तरपश्चिमी भागमा अवस्थित छ । कोस्टारिकामा आईसीईले कुल उर्जाको ७०.२७ प्रतिशत उत्पादन गर्छ भने व्यापारिक समुदायले १०.२५ प्रतिशत, निजी क्षेत्रले ९.२९ प्रतिशत र ‘बनाउ, सञ्चालन गर हस्तान्तरण गर’ (बुट) प्रणालीमा १०.१८ प्रतिशत उत्पादन गर्छन् ।

कोस्टारिकाले गुआटेमाला देखि एल साल्भाडोर, होन्डुरस, निकारागुवा भएर पानामासम्म विद्युतऊर्जा विक्री गर्छ र यसका लागि उनीहरूबीच विद्युत वितरण प्रणाली छ ।

पिरिस जलविद्युत् संयन्त्रले १३४ मेगावाट विद्युत् उत्पादन गर्छ र यो पिरिस नदीमा आधारित बाँधयुक्त जलविद्युत् परियोजना हो । कोस्टारिकाको कुल जलविद्युत् उत्पादन क्षमता तीन हजार ३९ मेगावाट रहेको अनुमान गरिएको छ ।

सन् २०१४ मा यस मुलुकले दुई हजार ७३२ मेगावाट उत्पादन गर्नसक्ने संयन्त्र स्थापना गरिसकेको छ । यस मुलुकको ऊर्जाको अर्को स्रोत भनेको भौगर्भिक ताप उर्जा हो ।

प्रधानमन्त्री ओलीले आजै सहकारीमा आधारित वायुऊर्जा परियोजना कोपासान्तोसको पनि निरीक्षण गर्नुभयो । उहाँलाई कोपासान्तोसका अध्यक्ष तथा महाप्रवन्धकले वायुऊर्जाका विषयमा जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री ओलीले वायुऊर्जाका विण्ड टर्बाइनको पनि निरीक्षण गर्नुभयो ।

कोपासान्तोसको एक टर्बाइनले ८५० किलोवाट विद्युत् उत्पादन गर्ने तथा त्यसको लागत २८ लाख अमेरिकी डलर पर्ने जानकारी दिइयो । यस संस्थासँग हाल १७ वटा यस्ता टर्बाइन रहेको जानकारी दिइएको छ ।

गणतन्त्र कोस्टारिका मध्यअमेरिकी मुलुक हो । यसको उत्तरी भागमा निकारागुवा, उत्तरपूर्वी भागमा क्यारेबियन सागर, दक्षिणपूर्वमा पानामा, दक्षिणपश्चिममा प्रशान्त महासागर तथा दक्षिणमा इक्वेडोर रहेका छन् ।

एकाउन्न हजार ६० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस मुलुकको जनसङ्ख्या ४९ लाख रहेको छ । राजधानी सान होजेको जनसङ्ख्या तीन लाख भएको अनुमान गरिएको छ ।

कोस्टारिका स्थिर प्रजातन्त्र भएको मुलुकका रूपमा चिनिन्छ । यहाँ निकै शिक्षित र अङ्ग्रेजी भाषा बोल्ने जनशक्ति छ । यस मुलुकले शिक्षामा निकै लगानी गरेको देखिन्छ । यो मुलुक पनि कृषिमा निर्भर छ ।

हाल यसले वित्त, विदेशी कम्पनीका लागि सेवा (स्वतन्त्र व्यापार क्षेत्रका आधारमा), औषधि उत्पादन तथा पर्यावरणीय पर्यटनको क्षेत्र विस्तार गरेको छ । प्रधानमन्त्री ओलीको साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य रहनुभएको थियो ।

उक्त अवसरमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको आन्तरिक अनुमान प्रत्यक्षमा ५० बढी र समानुपातिकमा ३० लाख मतको लक्ष्य कठिन, एबीसी स्थलगत के भन्छ ?

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

सम्बन्धित

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com