ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चाडबाडका लागि काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा, मुख्य नाकामा कुकुरसहितको गस्ती


admin
आश्विन १५, २०७५ सोमबार  ९ : ०० बजे

काठमाडौं । देशको सुरक्षासंगै मानिसको जीउधनको सुरक्षा गर्ने महत्वपूर्ण जिम्मेवारी सुरक्षा निकायको हुन्छ । राज्यले समाजमा हुने आपराधीक गतिविधिलाई नियन्त्रमा गर्न सम्पूर्ण अधिकार सुरक्षा निकायललाई सुम्पेको हुन्छ । दशै तिहार जस्ता महत्वपूर्ण चाडपर्वमा अपराधीक गतिवि अझ बढि हुने भएकाल दशै, तिहार र छट पर्वलाई ध्यायन राखी काठमाडँै“ प्रहरी विषेश सुरक्षा योजना सार्वजनिक गरेको छ ।

चाडपर्वको समयमा मौलाउने विभिन्न अपराध र शन्ति सुरक्षामा खलल पार्ने कार्य तीब्र हुने विगतले दखाइ दिएको छ । विगतमा भएका घटनलाई मध्यनजर गरि महानगरीय प्रहरी परिसर, काठमाडौले दसंै, तिहार र छट जस्ता चाडलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ । काठमाडौ“ भित्रिने र बाहिरिने नाकाहरु थानकोट, नागढुंगा, जगाती, फर्पिङ, बालाजु लगायतमा प्रहरीको तालिम प्राप्त कुकुर सहितको टोलीले चेकजा“च गरिएको जनाइएको छ । चाडपर्वको अवसरमा शान्ति सुरक्षालाई सुदृढ बनाई काठमाडौंको जन जीवनलाई सहज र सरल बनाउने उद्देश्यका साथ विशेष सुरक्षा योजना लागू गरिएको महानगरिय प्रहरी परिसरका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिए ।

विशेष सुरक्षा योजना अन्तरगत परिसरले काठमाडौंका विभिन्न १४ स्थानमा सादा पोशाक सहितका प्रहरी टोली परिचालन गरेको छ । त्यसैगरी चाडबाडमा बढि भीड हुने स्थानहरु बस टिकट काउन्टर, बैंक तथा वित्तिय संस्था, ठूल–ठूला सपिङ मलहरुमा विशेष निगरानीका साथ प्रहरीहरु परिचालन गरिएको लामाको भनाइ छ । जनताको जीउधनको सुरक्षाका लागि काठमाडौंको विभिन्न स्थानमा ६० वटा पैदल गस्ती, ३६ साइकल गस्ती, हतियारसहित ३०,मोटरसाइकल गस्ती र सादा पोसाकमा प्रहरी परिचालन गरिएको लामोको भनाइ छ ।, गस्ती टोलीले दसैंमा उपत्यका बाहिर जाने यात्रुहरुलाई सहज रुपमा यात्रा गर्ने वातावरण बनाउन ट्राफिक प्रहरीस“ग आवश्यक सहकार्य गरी रहेको लामाको तर्क छ ।

परिसरले दसैं, तिहार लक्षित सुरक्षा योजनालाई प्रभावकारी बनाउन ३ हजार ५ सय सुरक्षा कार्मी परिचलन गरिएको र चाडपर्वमा जुवातासमा समेत कडाइ गरिएको लामाले बताए । काठमाडौका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले चाडवाडको समयमा हुने अपराधीक गतिविधि रोक्नलाई सुरक्षा ब्यवास्था चुस्त दुरुस्त पारिएको बताए ।

सामान्य अवस्थामा हत्या, अपरहण, ठगी, चोरी महिला हिंसा जस्ता अपराधिक क्रियाकलाप बढी देखिने गरिए पनि चाडपर्वको समयमा कुटपिट, चोरी, डकैती, पाकेटमारी, लुटपाट, जुवा, अवैध मदिरा विक्री, आगजनी, विष्फोटन, तस्करी, चोरी निकासी, दुर्घटना, ठगी, ट्राफिक नियमको उलंघन जस्ता क्रियाकलाप हुन सक्ने प्रहरी विश्लेष छ । तसर्थ समाजको सामाजिक मूल्य,मान्यता र म¥र्यादा कायम राख्नु प्रहरीको मात्रै कर्तव्य भित्र पर्दैन । समाजमा हुने अनैतिक क्रियाकलाप चोरी ठगी जस्ता अमर्यादित विकृति विसंगतिका विरुद्ध आम नागरिक पहरेदार कन्नु जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

ओलीका एक्का थेबेको बालेनलाई चुनौतीः ‘लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे तपाईंको आधिकारिक धारणा के हो?’

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

हिमाल शर्मा: विद्यार्थी राजनीतिबाट पुस्तान्तरणका योद्धा, काठमाडौं–६ को उम्मेदवार

प्रचण्डको नयाँ प्रस्ताव : विप्लवलाई आत्मसमीक्षासहित फर्कन आग्रह

पृथ्वीनारायणको विरोधीलाई ‘टाउको काट्ने’ भनेका राप्रपा उम्मेदवार स्वागत नेपालले माफी मागे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com