ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसमा सभापतिको अधिकारमाथि बहस


admin
आश्विन १४, २०७५ आईतबार  १२ : ५५ बजे

काठमाडौं,१४ असोज । नेपाली कांग्रेसको विधान संशोधन मस्यौदा तयारीका क्रममा सभापतिका अधिकार बढाउने वा यथावत राख्ने भन्नेमा बहस शुरु भएको छ ।

कांग्रेसमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको पालासम्म एकल नेतृत्वको अभ्यास थियो । एकल नेतृत्वबाट आफुखुशी काम गर्ने गरेको गुनासोपछि काङ्ग्रेसमा १२ औँ महाधिवेशनबाट सभापतिसँगै अन्य पदाधिकारी पनि निर्वाचित हुने व्यवस्था गरिएको हो ।

तर त्यसयता बेलाबेला एकल नेतृत्व र बहुल नेतृत्वका पक्षमा बारेमा बहस हुने गरेको छ । कांग्रेसले अहिले मुलुकको सङ्घीय संरचनाअनुसार पार्टीको विधान परिमाार्जन गर्ने तयारी थालेको छ ।

विधान संशोधन मस्यौदा समितिले संशोधित विधानका सम्बन्धमा सातै प्रदेशमा राय तथा सुझाव लिने काम सम्पन्न गरेको छ ।

महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वको समितिले सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, सांसद, प्रदेशसभा सदस्य र भ्रातृ संस्थाका प्रमुखको राय तथा सुझाव लिएको हो ।

सुझाव सङ्कलनका क्रममा पार्टी सभापतिलाई काम गर्न सहज बनाउन अधिकारसम्पन्न गराउनुपर्ने र अहिलेकै अवस्था यथावत हुनुपर्ने भन्ने दुईथरिको सुझाव आएको समितिका प्रवक्ता रमेश लेखकले जानकारी दिनुभयो ।

खासगरी संस्थापन पक्षबाट सभापतिको अधिकार बढाउनुपर्ने र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट अहिलेकै अवस्था यथावत राख्नुपर्ने सुझाव आएको बताइएको छ ।

कांग्रेसका पदाधिकारीमध्ये हाल सभापति, महामन्त्री र कोषाध्यक्षको निर्वाचन हुन्छ भने एक उपसभापति एक महामन्त्री र एक सहमहामन्त्री मनोनयन गर्ने व्यवस्था छ ।

कांग्रेसले असोज ८ देखि १३ गतेसम्म सातै प्रदेशमा अन्तक्रिया कार्यक्रम गरी विधान संशोधनका लागि सुझाव तथा राय सङ्कलन गरेको थियो ।

प्रदेश नं १ को इलाम र मोरङ, प्रदेश नं २ धनुषा र पर्सा, प्रदेश नं ३ ललितपुर र काभ्रेपलाञ्चोक, गण्डकी प्रदेशको कास्की र बागलुङ, प्रदेश नं ५ दाङ र रुपन्देही, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलालीमा राय सङ्कलन गरिएको हो ।

सुझाव सङ्कलनमा पार्टीको केन्द्रीय समितिको आकार बढाउनुपर्ने सुझाव पनि धेरै स्थानबाट आएको समितिका सदस्य सचिव केशव रिजालले बताउनुभयो । मुलुकभरबाट केन्द्रीय कार्यसमिति ११० देखि १५१ सदस्यीयसम्म बनाउन सुझाव आएका छन् ।

हाल काङ्ग्रेसको केन्द्रीय समिति निर्वाचित र मनोनित गरी ८५ सदस्यीय छ । ललितपुर र काभ्रेमा भएका कार्यक्रममा केन्द्रीय समितिको आकार १२३ र १३३ सदस्यीय बनाउनुपर्ने सुझाव आएको पार्टी कार्यालय सचिव रिजालले जानकारी दिनुभयो ।
पार्टीका आठ तहका संरचना बनाउनेमा भने काङ्ग्रेसमा लगभग सहमति देखिएको छ ।

मुलुकको नयाँ संरचनाअनुसार काङ्ग्रेसले वडा तह भन्दामुनि गाउँ टोल, त्यसपछि क्रमशः वडा, स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश, केन्द्र तहसम्मको संरचना र केन्द्रीय समितिभन्दा माथि महाधिवेशन तथा महासमिति रहने गरी पार्टी संरचना बनाउने तयारी गरेको छ ।

पार्टीको सबैभन्दा तल्लो तहमा गाउँटोल रहनेछ । वडाभन्दा मुनि ५०० देखि एक हजार ५०० मतदाता भएको टोलमा काङ्ग्रेसको गाउँटोल समिति रहने मस्यौदा तयार गरिएको छ ।

प्रारम्भिक मस्यौदामा महत्पूर्ण विषयमा विकल्पसहित छलफल गरिएको थियो । सबै प्रदेशबाट राय सङ्कलन गर्न एक-एक शीर्ष नेताको प्रमुख आतिथ्यतामा दुई-दुई केन्द्रीय सदस्य तथा प्रतिनिधि खटाइएको थियो ।

सङ्कलित राय सुझावलाई समावेश गरेर यही असोज २५ गतेभित्र मस्यौदालाई अन्तिमरुप दिने गृहकार्य भइरहेको छ । काङ्ग्रेस नेता एवं विधान संशोधन मस्यौदा समितिका प्रवक्ता लेखकले प्रदेशस्तरबाट आएका सुझावको अध्ययनपछि अन्तिम मस्यौदा तयार गरी पार्टीको केन्द्रीय कार्यसमितिमा पेश गरिने बताउनुभयो । केन्द्रीय समितिले पारित गरेको विधान मस्यौदा महासमिति बैठकमा पेश हुनेछ ।

सङ्घीय संरचनाअनुसार पार्टीको सङ्गठनात्मक संरचनालाई पुनःसंरचना गर्न काङ्ग्रेसले विधानमा आवश्यक संशोधन र परिमार्जन गर्न महामन्त्री खड्काको संयोजकत्वमा गत भदौ ७ गते पार्टी विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो ।

समिति गठन भएयता आफ्नो कार्यविधि स्वीकृत गरी विधान संशोधनका आधार तय गर्नुका साथै पार्टीका विभिन्न निकाय, भ्रातृ एवं शुभेच्छुक संस्था, जनसम्पर्क समितिलगायत सरोकारवालाबाट सुझाव लिइ प्रदेशस्तरको छलफल गरिएको हो ।

संविधानको प्रावधानअनुसार पार्टी विधानमा महिलाको सहभागिता स्थानीय तहदेखि केन्द्रसम्म ३३ प्रतिशत बनाउन लागिएको छ । गत भदौ ९ गते बसेको पार्टीको केन्द्रीय समिति बैठकले विधान संशोधनका लागि महासमितिको बैठक आगामी मङ्सिर ५ देखि ९ सम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको आन्तरिक अनुमान प्रत्यक्षमा ५० बढी र समानुपातिकमा ३० लाख मतको लक्ष्य कठिन, एबीसी स्थलगत के भन्छ ?

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

सम्बन्धित

कांग्रेसले सरकार बनाए सबैभन्दा पहिला देउवाको सम्पत्ति छानबिन हुन्छ : गगन थापा

चुनावलाई निष्पक्ष बनाउन सरकार गम्भीर देखिएनः अध्यक्ष ओली

झापामा बालेन शाहको तस्बिर अंकित २ सय ६२ थान टि-सर्ट प्रहरीको नियन्त्रणमा

आज रातिबाट काठमाडौँमा मदिराको बिक्री वितरण बन्द

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com