ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्माणकर्मी सहकारी संस्था लिमिटेडको अध्यक्षमा नारायण वंशी


एबीसी न्यूज

भरतपुर,१३ असोज । निर्माणकर्मी सहकारी संस्था लिमिटेड भरतपुरको दोस्रो साधारणसभाले नारायण वंशीको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ ।

सर्वसम्मत निर्वाचित नया कार्यसमतिको उपाध्यक्षमा हरि नारायण चौधरी, सचिवमा प्रकाश पौडेल र कोषाध्यक्षमा टेक बहादुर गुरुङ रहनुभएको छ ।

९ सदस्यीय कार्यसमितिको सदस्यहरुमा विदेन्द्र कुमार कर्ण, अर्जुन तामाङ, पशुपति चौधरी, विकास तामाङ र भवानी देवी पौडेल रहनुभएको छ ।

साधारणसभाको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि क्यूपेक नेपाल चितवनका जिल्ला अध्यक्ष टेक बहादुर गुरुङले संस्थालाई शसक्त रुपमा अगाडि बढाउन समितिका पदाधिकारीहरुको महत्वपूर्ण योगदान रहने उल्लेख गर्नुभयो ।

सो कार्यक्रममा निवर्तमान उपाध्यक्ष एवम् नवनिर्वाचित अध्यक्ष नारायण वंशीले स्वागत मन्तव्य राख्नुभएको थियो । मन्तव्य व्यक्त गर्दै वंशीले संस्थाको विकास र प्रवद्र्धनका लागी आफु सदैव क्रियाशील रहने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष नारायण प्रसाद न्यौपानेले संस्थालाई यहाँसम्म ल्याउनका लागी आफुलाई सहयोग गरेकोमा सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि आफ्नो सक्रियता जारी रहने स्पष्ट पार्नुभयो ।

सो कार्यक्रममा संस्थाका सचिव प्रकाश पौडेलले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष टेक बहादुर गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा क्यूपेक नेपाल युवा संगठन चितवनका जिल्ला अध्यक्ष शिवहरी सुवेदीले समेत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो कार्यक्रममा लेखा समिति संयोजक राममणि पण्डित, लेखा समिति सदस्य अर्जुन नेपाल, नन्दलाल तामाङ, संस्थाका सदस्हरु, समाजसेवी, शुभचिन्तक, पत्रकार लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रम संस्थाका निवर्तमान अध्यक्ष नारायण प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com