ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वारीबेनी–बाँसखर्क सडक पन्ध्र दिनपछि सञ्चालन


abc

पर्वत, १३ असोज  । कालीगण्डकी नदीमा आएको बाढीले कटानका कारण अवरुद्ध बनेको बेनी–बगरफाँट–बाँसखर्क सडक सञ्चालन भएको छ । गत भदौ २७ गते राति आएको बाढीका कारण अवरुद्ध बनेको सडक शुक्रबारदेखि खुलेको हो । उत्तरी पर्वतको जलजला गाउँपालिका १, २, ३ र ५ लाई जोड्ने वारीबेनी–बगरफाँट–बाँसखर्क सडक अस्थायी रूपमा सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ ।

जलजला गाउँपालिकाको नदीले कटान गरेको सडक मर्मत गरेर अस्थायी रूपमा सवारी सञ्चालन गर्न सकिने बनाएको स्थानीय जलजला वडा नं ३ का वडाध्यक्ष रवि भण्डारीले जानकारी दिनुभयो ।
वारीबेनीदेखि बगरफाँटको बीचमा पर्ने करीब २० मिटर सडक कालीगण्डकीले बगाएको थियो । सडक सञ्चालनमा आएपछि निर्माण सामग्री, खाद्यान्न ढुवानी गर्न सहज भएको छ । सडक सञ्चालनमा आएपछि जलजला–१ बाँसखर्क, २ माझफाँट र ३ बगरफाँट तथा वडा नंं ५ लेखफाँटका बासिन्दा चाडबाडको बेलासँगै लाभान्वित बनेका छन् ।
यो सडक हुँदै बाँसखर्कबाट वार्षिक रु पाँच करोडको सुन्तला निर्यात हुँदै आएको छ । कटानकै कारण नदी किनारमा रहेको बगरफाँट र बारीबेनी बस्ती जोखिममा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टिचिङ अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेल चिकित्सकको निगरानीमा

काठमाडौं, १९ चैत्र ।  राष्ट्रपति रामचन्द्र पौडेल शनिबार साँभ अस्पताल भर्ना भएका छन्। राष्ट्रपति पौडेल पेटमा स्वास्थ्य समस्या देखिएपछि शनिबार साँझ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा

आज प्रतिनिधि सभाको बैठक, नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित गर्ने कार्यसूची

काठमाडौं, १९ चैत्र । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल

उपल्लो डोल्पामा बिरामी उद्धार गर्न जाने हेलिकोप्टरमा कर्मचारीको रजाइ

सुर्खेत, १९ चैत । उपल्लो डोल्पामा उद्धारका लागि जाने हेलिकोप्टरमा कर्मचारीले जान खोज्दा आफूहरु समस्यामा परेको पीडितले बताएका छन् । बिरामी उद्धारदेखि अन्य प्रयोजनका लागि उपल्लो

सम्बन्धित

बेमौसमी हिमपातले जनजीवन असहज

शिक्षा प्रणाली प्रविधिमैत्री बन्न सकेन : मुख्यमन्त्री शर्मा

कोशी र गण्डकी प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने

रामेछापमा जिप दुर्घटना : एकको मृत्यु, सात जना घाइते

दुर्घटनामा बुबाको मृत्यु, छोरा घाइते

सामुदायिक विद्यालयमा अब्बल बन्दै ‘रामतुलसी’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...