ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केराकेराले बजार नपाएपछि भैँसीलाई कुँडो


एबीसी न्यूज

खोटाङ, ११ असोज । केरा पकेट क्षेत्रका किसान बजार नपाएपछि चिन्तित बनेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका किसान सडक असुविधाका कारण उत्पादन गरेको केरा बिक्री गर्नबाट वञ्चित छन् ।

विजयखर्कको बसेरी ढकालबेँसी क्षेत्रमा पर्याप्त मात्रामा केरा उत्पादन हुन्छ । केराले बजार पाउन सकेको छैन । केरा पकेट क्षेत्रमा नगरपालिको रु तीन लाख तथा स्थानीयवासीको रु पाँच लाख बराबरको श्रमदानमा सात हजार बिरुवा रोपिएको छ । त्यहाँ तीन प्लाष्टिक पोखरी निर्माण गरिनाका साथै चिस्यानको समेत व्यवस्था गरिएको छ । केरा उत्पादनलाई व्यावसायिक तथा आम्दानीमूलक बनाउन नगरपालिकाबाट पारित भएको कृषि पकेट क्षेत्रको अवधारणाअनुरुप उक्त क्षेत्रलाई केरा पकेट क्षेत्र निर्धारण गरिएको छ ।

स्थानीयरुपमा गठित दुई कृषक समूहको पहलमा सो क्षेत्रलाई गत वैशाखमा केरा उत्पादन पकेट क्षेत्र निर्धारण गरिएको थियो । परम्परागत खेती प्रणालीबाट केरा पर्याप्त उत्पादन हुने सो क्षेत्रमा श्रम र लगानी बढाए उत्पादनमा वृद्धि गर्न सकिने कृषक समूहका अध्यक्ष वाणिबेलास ढुङ्गानाले बताउनुभयो । बजारको अभावमा उत्पादित केरा भैँसीको कुँडो बनाउन प्रयोग गरिँदै आएको छ । बजारकै चिन्ताले कतिपयले केरा खेती घटाउँदै गएका छन् । “चार घण्टा पैदल हिँडेर केरा बिक्री गर्न दिक्तेल बजार पु¥याउँछौँ,” ढुङ्गानाले भन्नुभयो ।

विजयखर्कको बसेरीमा पर्याप्त मात्रामा केरा उत्पादन हुन्छ । नगरपालिकाका उपप्रमुख विणादेवी राईको संयोजकत्वमा हालै पकेट क्षेत्रको अनुगमन गरिएको थियो । “केरा बिक्रीका लागि सङ्कलन केन्द्र निर्माणको योजना बनाएका छौँ,” उहाँले भन्नुभयो

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com