ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

कोरिया सरकारद्वारा नेपाललाई पचपन्न करोड अनुदान


bhawani desk

 काठमाडौ,१० असोज । कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको गुणस्तर अभिवृद्धि गर्न नेपाल सरकारलाई रु ५५ करोड अनुदान उपलब्ध गराउने भएको छ ।

अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिक र अर्थसचिव राजन खनालले हस्ताक्षर गर्नुभयो ।

अनुदानस्वरुप प्राप्त हुने उक्त रकम प्राविधिक तथा व्यावसायिक शिक्षाको गुणस्तरका साथै प्राविधिक संस्था र तिनका प्रशिक्षकहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा खर्च हुनेछ ।

समझदारीपत्रमा हस्ताक्षर गरेपछि राजदूत पार्कले नेपालको प्राविधिक जनशक्तिलाई थप सशक्त तुल्याउन आफ्नो देशको सरकारबाट सहयोग प्रदान गरिएको बताउँदै त्यसले दुई देशबीचको पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याएको उल्लेख गर्नुभयो ।

सचिव खनालले सन् १९७६ देखि कोरियाले नेपालको आर्थिक–सामाजिक विकासमा सहयोग गर्दै आएको चर्चा गर्दै सन् २०१० यता उक्त सहायतामा उल्लेख्य वृद्धि भई कोरियाले नेपाललाई ‘प्राथमिकता प्राप्त’ मुलुकको सूचीमा समावेश गरेकामा हार्दिक आभार प्रकट गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमालेमा ‌नयाँ स्थायी कमिटी : बामदेव समेटिए, नेता खनाल र नेपाल छुटे

काठमाडौं, १० बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी गठन गर्नुभएको छ । स्थायी कमिटीमा वामदेव गौतमलाई पनि राखिएको छ ।

कर्णालीमा संसदीय दलको ह्वीप उल्लंघन गर्ने ४ सांसदलाई निश्कासन गर्ने निर्णय

काठमाडौं, १० बैशाख । नेकपा एमालेले कर्णाली प्रदेशसभामा एमाले संसदीय दलको ह्वीप उल्लंघन गर्ने ४ जना सांसदलाई पार्टी सदस्य र सांसद पद नरहने गरी कारबाही

बालुवाटारको बालुवामा तेल छैन जति पेले पनि तेल निस्किने अवस्था छैन – नेता नेपाल

काठमाडौं, १० वैशाख । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीका कारण पार्टी एकता जोगाउन कठिन भएको बताउनुभयो । जनकपुरधामस्थित

सम्बन्धित

निजी क्षेत्रको १३ करोड ७५ लाख लगानीमा मल कारखाना सञ्चालनमा ल्याइँदै

आवश्यकता र औचित्यका आधारमा आयोजना छनोट गर्न अर्थमन्त्रीको आग्रह

लक्ष्यभन्दा रु २३ करोड बढी राजस्व सङ्कलन

वैशाख २७ भित्रै कतारी रियाल साट्न आग्रह

नेपाल लगानीका लागि सुगम गन्तव्य : अर्थमन्त्री

राष्ट्र बैंकले पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल विक्री गर्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com