ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संयुक्त गठबन्धनको कारबाहीमा हजारौंको ज्यान गयो


bhawani desk
आश्विन ८, २०७५ सोमबार  ५ : ५६ बजे

दमास्कस, ८ असोज । सिरियामा गत चार वर्षयता इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूह विरुद्ध अमेरिकाआवद्ध संयुक्त सेनाले गरेको हवाई कारबाहीमा हजारौं सर्वसाधारणको ज्यान गएको यहाँको युद्धलाई निरीक्षण गरिरहेको एक मानव अधिकारवादी संस्थाले जनाएको छ ।

मानव अधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्समा अनुसार अमेरिकाआवद्ध हवाई कारबाहीमा गत चार वर्षयता १२ हजार सर्वसाधारणको ज्यान गएको छ । बेलायतआवद्ध यस मानव अधिकारवादी संस्थाका अनुसार मारिएकामा एकसय ६९ जना संयुक्त गठबन्धन र सिरियाली सेनासमेत रहेका छन् ।

अमेरिकाआवद्ध यस संयुक्त सेनाले सिरियाली आतङ्ककारी लक्षित गरेको आक्रमणमा परी यी सर्वसाधारणहरु मारिएका हुन् ।

आइएसको बलियो प्रभाव रहेको देशको पूर्वी भागमा तेलको धनी प्रान्त देइर अल जोउरमा जारी युद्धमा हाल अमेरिकाआवद्ध संयुक्त सेनालाई कुर्दिसआवद्ध ‘सिरियन डेमोक्र्याटिक फोर्सेस’को समर्थन रहेको छ ।

संयुक्त सेनाले गरेको कारबाहीमा बारम्बार सर्वसाधारणको ज्यान गएपछि सिरिया सरकारले संयुक्त गठबन्धनलाई सिरियाबाट आफ्नो कारबाही रोक्न राष्ट्रसङ्घ मार्फत आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनले ‘पूर्वराजा महेन्द्रले ‘स्वर्गकी अप्सरा’ भनेको स्थलमा उभिन पाउँदा खुशी लागेको’ भनेर के सन्देश दिंदैछन् ?

बदलिएको कांग्रेसको “भावी सभापति गगन आफैं”

सम्बन्धित

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com