ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुपन्देहीमा विकास बैंकले शेयर कर्जा प्रवाह गर्दै


bhawani desk
आश्विन ८, २०७५ सोमबार  १ : १० बजे

 

बुटवल, ८ असोज । रुपन्देहीमा विकास बैंकले शेयर कर्जा प्रवाह गर्न थालेका छन् । शेयर बजारमा सुधारका सङ्केत देखिन थालेपछि शेयर कर्जा माग गर्न लगानीकर्ता विभिन्न बैंकमा धाउन थालेका छन् ।

बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई आकर्षित गर्ने लक्ष्यसहित सहुलियत ब्याज दरमा शेयर कर्जाको योजना सार्वजनिक गरेको बेला मोफसलका बैंकले सानो आकारमा भए पनि शेयर बजारमा लगानी विस्तार गरेका छन् ।

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत शेयर धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्राप्त गर्न सकिने प्रावधान छ । राष्ट्र बैंकका अनुसार बैंकले आफ्नो प्राथमिक पूँजीको २५ प्रतिशत शेयर धितोमा कर्जा उपलब्ध गराउन सक्छन् ।

कैलाश विकास बैंकले ‘कैलाश शेयर लोन योजना’ अघि सारेर लगानीकर्तालाई आकर्षित गर्ने योजना बनाएको छ । आवश्यक कागजात पेश गरेपछि सात दिनभित्रै कर्जा प्रवाह हुने बताइएको छ ।

बैंकले १२ प्रतिशतमा शेयर कर्जा दिने गरी शेयर कर्जामा बजार मूल्यको ५० प्रतिशतसम्म एक वर्षका लागि रु ९० करोडसम्म लगानी गर्नेछ । कैलाश विकास बैंक क्षेत्रीय कार्यालय, बुटवलका प्रमुख कृष्ण अर्याल शेयर रजिष्ट्रारको कार्यालय बुटवल नभएका कारण ठूलो आकारमा शेयर कर्जा प्रवाह नभएको उल्लेख गर्दै शेयर कारोवार बुटवलमा कम भएको जिकिर गर्नुहुन्छ ।

उहाँले भन्नुभयो, “शेयर कारोवार गर्न आफै काठमाडौँ जानुपर्ने भएकाले लगानीकर्ताले झण्झट व्यहोरेको छैन ।” प्रमुख अर्यालले बुटवल र आसपासमा कम्तीमा रु २५ लाख शेयर कर्जा प्रवाह भएको जानकारी दिँदै शेयर कर्जा लामो समय रहँदैन भन्नुभयो ।

साइन रेसुङ्गा बैंक, प्रधान कार्यालय बुटवलका नायब महाप्रबन्धक लोकराज पनेरुले राष्ट्र बैंकले तोकेको नियमानुसार साधरण शेयरको ५० प्रतिशत शेयर कर्जा प्रवाह भएको बताउनुभयो । उहाँले शेयर कर्जाका लागि ९० प्रतिशत लगानीकर्ता काठमाडौँ धाउने गरेको उल्लेख गर्दै बुटवलमा ब्रोकर कम्पनी भर्खरै सञ्चालन भएकाले शेयर कर्जामा आकर्षण कम भएको तर्क गर्नुभयो ।

“हामीले पनि अन्य कर्जाजस्तै यसलाई प्राथमिकतामा राखेर लगानी गरेका छैनौँ,” उहाँले भन्नुभयो ।

अहिलेसम्म १० जनाले रु १० लाखदेखि रु २५ लाखसम्म शेयर कर्जा लिएको जानकारी दिनुभयो । सो बैंकले दुई वर्षदेखि शेयर कर्जामा लगानी गरेको जनाएको छ । यस्तै मुक्तिनाथ विकास बैंकले पनि शेयर कर्जामा विशेष छुट दिएको छ ।

आवश्यक कागजात पेश गरेको दुई दिनमा नै सर्वसुलभ दरमा शेयर कर्जा उपलब्ध हुने जनाएको छ । राष्ट्र बैंकले लागू गरेको मौद्रिक नीतिमा शेयर धितोकर्जा ५० प्रतिशत तोकिएको छ ।

चालु आर्थिक वर्ष २०७५-७६ को मौद्रिक नीतिमा गरिएको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले शेयरको धितोमा प्रवाह गर्न ‘मार्जिन’ प्रकृतिको कर्जा प्राथमिक पूँजीको २५ प्रतिशतसम्म प्रवाह गर्न पाउने व्यवस्था गरेको छ । यो व्यवस्थापछि बैंकले झण्डै रु एक खर्बसम्म मार्जिन कर्जा (शेयर धितोमा राखेर दिइने कर्जा) प्रवाह गर्ने क्षमता राख्छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

डिजेल र मट्टितेलको मूल्य बढ्यो

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com