ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रत्ननगरको दुई वटा वर्डा बालमैंत्री तथा बालश्रममुक्त घोषणा


एबीसी न्यूज

चितवन , ८  असोज । पुर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ५ लाई बालमैंत्री तथा बालश्रममुक्त वडा घोषणा गरिएको छ । वडाभित्र रहेका श्रमिक बालबालिकालाई श्रमबाट मुक्त गराई बालमैंत्री वडा घोषणा गरिएको हो । यो सँगै रत्ननगर नगरपालिकाका २ वटा वडा बालमैत्री वडा घोषणा भएको छ । यसअघि गत जेठ २९ गते रत्ननगर नगरपालिका ३ बालमैत्री वडा घोषणा भएको थियो । रत्ननगर उद्योग वाणिज्य संघले युनिसेफ नेपाल र रत्ननगर उद्योग वाणिज्य संघको सहयोगमा नगरमा बाल संरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ ।
यही क्रममा विभिन्न ३९ वटा सूचक र १६ वटा खुड्किला पूरा गर्दै रत्ननगर नगरपालिका ५ लाई शुक्रबार बालमैंत्री वडा घोषणा गरिएको हो । रत्ननगर ५ मा ११ जना श्रमिक बालबालिका थिए । जसमध्ये ५ जनालाई श्रमबाट मुक्त गरी विद्यालय भर्ना गरिनुका साथै ६ जनालाई सीपमूलक तालिम प्रदान गरिएको छ । १७ जना श्रमिक बालबालिका रहेको भएपनि ४ जनाको जन्मदर्ताअनुसार १८ वर्ष पूरा भएको र २ जना अन्यत्र बसाइँ सरी गएको रत्ननगर उद्योग वाणिज्य संघले जनाएको छ । रत्ननगर ५ मा कूल ४ हजार ३१२ जनसंख्या रहेकोमा १ हजार १२१ बालबालिका छन् । ती सबैको जन्मदर्ता छ । अघिल्लो वर्ष २२ जनाको बालविवाह भएकोमा पछिल्लो घरधुरी सर्वेक्षणअनुसार १ जनाको मात्रै बालविवाह भएको छ । बालमैत्री वडा घोषणाका लागि सबै बालबालिकाको जन्मदर्ता हुनुपर्छ भने बालविवाह हुनुहुँदैन । झुवानी माध्यमिक विद्यालयमा आयोजित एक समारोहबीच प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डेले वडाध्यक्ष कृष्ण महतोलाई बालश्रममुक्त वडा घोषणा प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
उक्त अवसरमा प्रमुख अतिथि पाण्डेले पढ्ने उमेरका बालबालिकालाई ज्यालामा काम लगाउन नहुने बताए । “ज्ञानविहीन मान्छे अक्षम हुन्छन्”, उनले भने, “ पढ्ने उमेरका बालबालिकालाई ज्याला मजदुरीमा लगाएर उनीहरुको भविष्य अन्धकार बनाउनुहुँदैन । प्रदेश सभा सदस्य कृष्ण खनालले बालबालिकालाई श्रममा लगाउनु जघन्य अपराध हुने भन्दै श्रममा लगाउनेलाई कडा कारबाही गर्नुपर्ने औंल्याए । “बोलीमा मात्रै हामीले आवाज उठाउने गरेका छौं”, प्रदेश सांसद खनालले भने, “बालबालिकालाई श्रममा लगाउनु अपराध हो, त्यस्तालाई कानूनी दायरामा ल्याउनुपर्छ ।” वडाध्यक्ष कृष्ण महतोको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश सांसद् कञ्चन खनाल, जिल्ला समन्वय समिती चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, रत्ननगरका मेयर नारायण वन, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी, वडाध्यक्ष तिलकराज शर्मा, कार्यपालिका सदस्य राजेन्द्र हमाल, नगरस्तरी बाल सञ्जालका अध्यक्ष युनिका ढकाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।  प्रतिनिधी सभा सदस्य एवंम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले वडाध्यक्ष कृष्ण महतोलाई बालश्रम मुक्त वडा घोषणा प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । बाल संरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रमका संयोजक दीपक कर्मचार्यका अनुसार रत्ननगर १०, १४ र १६ लाई पनि दुई महिनाको अवधिमा बालमैत्री वडा घोषणा गर्ने तयारी छ ।
 
वडाध्यक्षले तीन विद्यार्थीलाई दिए साईकल ।
यता , रत्ननगर नगरपालिकाको वडा नम्बर ५ मा श्रमबाट मुक्त गरिएका तीन जना बालकहरुलाई साईकल प्रदान गरिएको छ । वडाध्यक्ष कृष्ण महतोले आफ्नो सुविधाबाट कटाई हुने गरी तीन जना बालकहरुलाई एक-एक थान साईकल प्रदान गरेका हुन् । श्रममा होमिएका आयुस महतो, सिमान्त महतो र कृष्ण महतो लाई केही दिनअघि मात्रै श्रममुक्त गरिएको थियो । रत्ननगर–५ लाई वालमैत्री वडा घोषणा कार्यक्रममा उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डे, वडाध्यक्ष कृष्ण महतोले साईकल हस्तान्तरण गरे । साथै वडाध्यक्ष महतोले तीन जना विद्यार्थीको अभिभाकत्वसमेत ग्रहण गरेका छन् । ती विद्यार्थीलाई रत्ननगर उद्योग वाणिज्य संघले एक वर्षका लागि स्टेशनरी र पोशाक समेत प्रदान गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com