ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्न सुरु


एबीसी न्यूज


चितवन , ७ असोज । पुर्वी चितवनको खैरहनी नगरपालिकाले नगर क्षेत्रमा लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्न सुरु गरेको    छ । नगरपालिकाले तीन दिने अभियान संचालन गरी लार्भा नष्ट गर्ने अभियान सुरु गरेको हो । अभियानमा खैरहनी नगरपालिकाको वडा नम्वर १, २, ६, ८ र ९ मा अभियान संचालन हुनेछ ।

त्यसका लागि सम्वन्धीत वर्डाका महिला स्वयमसेविकाहरु, स्वास्थ्य चौकी प्रमुख, प्राथमिक स्वास्थ्य केन्द्र खैरहनीका चिकित्सक, स्वास्थ्य शाखाका कर्मचारी अभियानमा खटेका खैरहनी नगरपालिकाको स्वास्थ्य शाखा सहसंयोजक रुद्र शर्माले जानकारी दिए । उनीहरुले ती वडाका घरघर, ग्यारेज, होटलमा पुगि लामखुट्टेको लार्भा भए नभएको अनुगमन गर्दै लार्भा देखिए सम्बन्धित व्यक्तीलाई सचेतना दिई नष्ट गर्नेछन् । साउन, भदौ, असोज र कार्तिक लामखुट्टेका लागि उपयुक्त मौसम हो ।

यी महिनामा लामखुट्टे लार्भाको वृद्धी विकास गर्ने गर्छ । मंसिरपछि चिसो हुने भएकाले लामखुट्टे विस्तारै निष्कृय हुन्छ । एडिज एजिप्टाई नामक पोथी लामखुट्टेले साँझ र विहानीपख टोकेमा डेंगु रोग लाग्दछ । सो लामखुट्टेले टिन, टायर, गमला, फ्रिज, प्लास्टिकका भाडामा जमेको सफा पानीमा लार्भा हुर्काउने भएकाले त्यस्तो पानी सफा गर्नु नै यो रोगबाट वच्ने एक मात्र उपाय हो । चालु आर्थिक वर्षको दुई महिनामा खैरहनीमा डेंगुको सक्रमण देखिएको छैन् । गत वर्ष ३ जनामा डेंगु देखिएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चितवनमा चालु आर्थिक वर्षमा ४ जनालाई डेंगुको सक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com