ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाङका घाईते बस्नेतलाई जापानबाट सहयोग


bhawani desk

दाङ, ४ असोज । रोजगारीको सिलसिलामा मेलेसियामा सवारी दुर्घटनामा परि गम्भीर घाइते भइ उपचाररत दाङका डम्बर बस्नेतलाई जापानबाट आर्थिक सहयोग प्राप्त भएको छ ।

राप्ती समाज जापानले बस्नेतको उपचारमा सहयोगका ७३ हजार रकम सहयोग गरेको छ । उक्त रकम विहीवार बस्नेतकी पत्नी ऊं कुमारी बस्नेतलाई हस्तान्तरण गरिएको छ ।

राप्ती बबई क्याम्पस तुलसीपुरका स्ववियू सभापति अनिल कार्की, क्याम्पस व्यवस्थापन समितिका सदस्य विनिल केसी र व्यवसायी दुर्गा खड्काले संयुक्त रुपमा उक्त रकम बस्नेतलाई हस्तान्तरण गरेका हुन ।

राप्ती बबई क्याम्पसका स्ववियू सदस्य समेत रहेका घाईते डम्बर बस्नेतको उपचारको लागि जापानमा रहेका क्याम्पसका स्ववियू सदस्य तुलसीराम न्यौंपाने, साथिहरु रमेन्त केसी,नागरायण बुढा मगरले सहयोग संकलन गरि पठाएको कार्यक्रममा स्ववियू सभापति कार्कीले जानकारी दिएका थिए ।

यसअिघ घाइते स्ववियू सदस्यको उपचारमा सहयोग पुगोस भनेर राप्ती बबई क्याम्पस स्ववियूको पहलमा १ लाख ५४ हजार बढी रकम संकलन गरि परिवारलाई प्रदान गरिएको थियो । त्यस्तै अमेरिका बाट एकजना युवा अमित जंग वलीले व्यक्तिगत ४८ हजार रुपैंया सहयोग गरेको बस्नेतको परिवारले जानकारी दिएको छ ।

त्यसैगरी आफन्त बाट उपचारमा सहयोग पुगोस भनेर थप २ लाख बढी सहयोग प्राप्त भएको बस्नेतकी पत्नी ऊंकुमारी बस्नेतले जानकारी दिइन ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गौरीगाउँ निवासी ३३ बर्षीय बस्नेत ४ बर्ष पहिले रोजगारीको सिलसिलामा मलेसिया पुगेका थिए । बस्नेत गत माघ १५ बस्नेत मोटरसाईकको ठक्करवाट गम्भीर घाइते भएका थिए ।

उनको मस्तिष्कमा व्लड जमेको हुँदा ६ महिना आईसियूमा राखेर उपचार गरिएपछि केही सुधार भएको छ । तर अझैंपनि पूर्ण रुपमा उनी निको भइसकेका छैनन् । विमा कम्पनीले उपलब्ध गराएको रकम अपुग भएपछि बस्नेतको उपचारमा समस्या भएपछि परिवार जनले सहयोगको याचना गरेको थियो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा बस्नेत पत्नी ऊँकुमारीले सहयोग दाता सबै प्रति धन्यवाद ज्ञापन गरेकी थिइन । कार्यक्रमको सहजीकरण फोटो पत्रकार राजेश खत्रीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com