ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छोराको हत्यारालाई कडा भन्दा कडा कार्वाही गर्नुपर्ने माग राख्दै बाबू चितवनमा


एबीसी न्यूज

चितवन , ३  असोज । आफ्ना छोराको हत्यारालाई कडा भन्दा कडा कार्वाही गर्नुपर्ने माग राख्दै बाग्लुङ्ग ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तीबाङका बाबु निमबहादुर जिसीका चितवन आइपुगेका छन् ।
२२ वर्षीय संगीन जिसीको रहस्मय हत्या भएको भन्दै बाबू निमबहादुरले छानबिनको माग राख्दै चितवनका प्रजिअ मार्फत नेपाल सरकार समक्ष ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा छोरा संगीन भदौं १० गते काठमाडौंको सानोभर्‍याङको एक डेरा घरबाट बेपत्ता भएको र पछि खोजी गर्दै जाँदा एक हप्तापछि विभत्स तरिकाले मारेर फालेको अवस्थामा भदौं १७ गते स्वयम्भुको जंगलमा भेटिएको उल्लेख गरिएको छ । उनीहरुले ज्ञापनपत्रमा गृहमन्त्री रामबहादुर थापाले संगीनको हत्या नभई आत्महत्या हो भनेर दिएको बयानले आफूहरुलाई झनै स्तब्ध बनाएको पनि बताएका छन् ।
मृतकका आफन्ततले बताए अनुसार दाङ स्थायी घर भई ललितपुरको धोविघाटमा बस्ने वर्ष २२ को सिम्रन चौधरीसँग मृतक जिसीको विगत ४, ५ वर्षदेखि प्रेम सम्बन्ध रहेको थियो । उनीसँग पछिल्लो समयमा बढ्दै गएको कटुताले नै जिसीको हत्या भएको ठहर पारिवारिक स्रोतले गरेको छ । किटानी जाहेरी सहित प्रहरीमा निवेदन दिँदा पनि प्रहरीले छानबिनमा बेवास्ता गरेकोले यथाशिघ्र रूपमा छानबिनको लागि ज्ञापनपत्र बुझानुपरेको आफन्तहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com