ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संगठनलाई व्यवस्थित पार्दै एसपी राठौर , एकछत्र राज गर्ने दुई सय प्रहरी लखटिए


एबीसी न्यूज

चितवन, २ असोज । समाज सुर्धानु छ भने पहिले आफूबाट परिवर्तन गर्नुपर्ने हुन्छ । हो, यस्तै प्रहरी कर्मचारीले पनि समाजमा हुने कुनै पनि त्यस्ता अपराधीक गतिविधिलाई नियन्त्रणमा लिने हो भने पहिले आफू र आफ्नु संगठनलाइ सुधार्नुपर्ने हुन्छ ।

यो भनाइ जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशील सिंह राठौरको हो । एसपी राठौरले पहिले आफुमा परिवर्तन ल्याउ, तब मात्रै अपराधीक गतिविधी नियन्त्रणमा लिन सक्छौं भन्दै मातहतका कर्मचारीलाई बारम्बार बिफ्रीङ्गका साथै निर्देशन गर्दै आएका छन् ।

जेठ २ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षत्रीय कार्यालय बर्दिवासबाट चितवन जिल्ला सरुवा भइ आएका उनले आफ्नु कर्मचारीलाई सुधार्नु नै पहिलो कर्तव्य अनि दायित्व रहेको बताए ।

आफ्नु संगठन नै छवि बिगार्न तल्लीन छ भने अरुलाइ सुधार्न सकिदैन एसपी राठौरले भने मैले यस जिल्लामा आए पछि आफूबाट परिवर्तन गर्नुपर्छ भनी मातहतका कर्मचारीलाई भन्ने गरेको छु ।

आफू र आफ्नु संगठन सुधारे कसैले औंला ठहर्‍याउन सक्दैन त्यसैले अपराधीक गतिविधिलाई सहजै रूपमा नियन्त्रणमा लिन सकिन्छ त्यसैले पहिले आफू सहि हुनुपर्ने उनको भनाइ छ ।

यसैलाई मध्ययनजर गर्दै एसपी राठौरले जिल्लामा एकछत्र राँज गर्ने दुई सय प्रहरी कर्मचारीलाई जिल्लाबाटै लखटेका छन् ।

धेरै नै बदनाम रहेका र विगत दस वर्षदेखि विभिन्न बहानामा पहुँच र प्रभावका आधारमा जिल्लामा रहेका प्रहरीहरुको उनलेे सरुवा गरेका हुन् । उनी भन्छन् : मलाई असक्ष्म र बिवादित प्रहरी चाहिदैन ।

त्यसैले, उनीहरु सबैलाई मैले विभागीय नीतिअनुरुप सम्बन्धित दरबन्दी मा रवाना गरी पठाइएको हुँ । पुराना कर्मचारीलाई हटाइ नयाँ कर्मचारी ल्याउँदा सुरुसुरूमा केही समस्या आएपनि अन्ततः यसले संगठनमा राम्रो प्रभाव पार्ने उनको भनाइ छ ।

सरूवा भएका प्रहरी सबै गएको र आउनेहरु पनि आउने क्रममा रहेको उनले बताए । नयाँ आउने जनशक्तिबाट नयाँ ढंगले काम गराउने भन्दै उनले एकै ठाउँमा बसेर काम गर्नु प्रहरी संगठन भित्र उचित नहुने समेत बताए ।

संस्थाको नीति नियम अनुसार चल्ने एसपी राठौरले प्रहरी प्रधान कार्यालयले विभिन्न समयमा निकालेको सरुवा सुची अन्तर्गत उनीहरु जिल्लाबाट लखटिएको बताए ।

जिल्लाबाट लखटिनेमा भनसुन गरी जिल्लामा अड्डा जमाएका जुनियर प्रहरी अधिकृतसम्म रहेका छन् । एसपी राठौरले यसपटक पनि केन्द्रबाट धेरैको भनसुन आएपनि कसैको कुरा नसुनी, नियमसंगत रूपमा नै कर्मचारीको सरूवा गरिएको बताए ।’

झन्डै दस वर्षदेखि भनसुनका भरमा जिल्लामा जरा गाँडेर बसेकाहरुलाइ हटाउन उनलेे आफैंबाट सुरुवात गरें । उनलेे भने, मेरो भान्से र बडीगार्ड समेत सरूवा भएका छन्’, ‘आफ्नै मातहत रहेकाहरु सरूवा गरेपछि अरु व्यक्तिको सरूवा गर्न कुनै समस्या नै भएन नि ।’

उनलेे भने, बिवादित र असक्ष्म कर्मचारी मलाई चाहिदैन । संगठन बिपरित जस्ले काम गर्छ, त्यसलाई अन द स्पोर्ट् कार्वाही गर्छु । उनीहरु का कारण सिंगो संगठन नै बदनाम भएकोतर्फ जानकार हुनुपर्छ ।

उनी थप्छन् : प्रहरीको छवि बढाउने ७ जनालाइ मैले पुरस्कृत समेत गरेको छु भने, प्रहरीको छवि गिराउने १४ जनालाई कार्वाही समेत गरेको छु ।

आफ्नु कार्यकाल अवधिभर बिवादित रहेका कर्मचारीलाई लखट्ने र इमान्दार कर्मचारीलाई पुरस्कृत गर्दै संगठन बिपरित गतिविधि गर्नेलाइ बिभागीय कार्वाहीको साथै जिल्लाको सुरक्षा ब्याबस्था लाइ चुस्तदुरुस्त बनाइ जनमानसमा सिकायतको एक मौका पनि नदिने बताए ।

प्रहरीको कार्यशैलीविपरीत काम गर्नेलाई स्पष्टीकरण सोध्ने, काज खटाउने, सचेत गराउने, नसिहेत दिने, ग्रेड घटुवा, पदोन्नति रोक्का, निलम्बन र अन्तिम चरणमा बर्खास्त सम्म गर्न सकिने प्रहरी नियमावलीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com