ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दश जिल्लामा ६१ वटा आधुनिक प्रहरी चौकी भवन बन्दै


abc


काठमाडौँ, २७ भाद्र । प्रदेश नं ३ ले रु एक अर्ब १३ करोड लागतमा विभिन्न दश जिल्लामा ६१ वटा आधुनिक प्रहरी चौकी भवन निर्माण गर्ने भएको छ ।

सङ्घीय प्रहरी ऐन बन्न नसक्दा चालू आर्थिक वर्षका लागि छुट्याइएको बजेट खर्च नहुने अवस्था आएपछि प्रदेश सरकारले सो रकम प्रहरी चौकी निर्माणमा खर्च गर्ने भएको हो । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले काठमाडौँ उपत्यका बाहेकका दश जिल्लामा प्रहरी चौकी निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।

नेपाल प्रहरीले विगतमा विभिन्न जिल्लामा जग्गा प्राप्त गरी विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार भइसकेको तर बजेट अभावमा निर्माण गर्न नसकेको जिल्लामा चौकी निर्माण गरिने मन्त्री जम्कट्टेलले बताउनुभयो ।

उहाँका अनुसार चितवनमा चार, मकवानपुरमा नौ, सिन्धुलीमा नौ, काभेपलाञ्चोकमा आठ, सिन्धुपाल्चोकमा दुई, धादिङमा चार, नुवाकोटमा चार, रसुवामा चार, दोलखामा नौ, रामेछापमा आठ गरी जम्मा ६१ वटा प्रहरी चौकी निर्माण गरिनेछ ।

प्रहरी भवन निर्माण गरी बजेट सदुपयोग गर्ने लक्ष्यका साथ विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । ती चौकी निर्माण भएपछि प्रहरीका लागि आगामी दिनमा कार्य सम्पादनका लागि सहज हुने विश्वास प्रदेश सरकारले लिएको छ । भूकम्पले भत्काएका तथा पुराना भएका प्रहरी चौकीलाई अत्याधुनिक बनाउन लागिएको हो ।

कनिका छरे जसरी बजेट छर्ने प्रवृत्तिको आफू विरोधी भएकाले एक पटकमा एक मात्र क्षेत्रमा राज्यको लगानी गरेर परिणाम ल्याउनुपर्दछ भन्ने मान्यतामा रहेको मन्त्री जम्मकट्टेलको भनाइ छ । –रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मिटरब्याज पीडितद्वारा मकवानपुर प्रशासनले ‘घर फर्कन’ गरेको आग्रह अस्वीकार

मकवानपुर, १० चैत । मिटरब्याजी शोषणविरुद्ध महोत्तरीको बर्दिबासदेखि काठमाडौँसम्मको ‘मार्च’ मा निस्केका पीडितलाई मकवानपुरबाटै फर्काउने सरकारी प्रयास असफल भएको छ । भीमफेदी बजार आइपुगेका उनीहरूले

‘कोसी’ नामाकरणविरूद्धको आन्दोलनमा घाइते पदमको उपचारको क्रममा मृत्यु

विराटनगर, १० चैत । कोसी प्रदेश नामाकरणको विरोधमा चैत ५ गते विराटनगरमा भएको आन्दोलनमा घाइते भएका पदम लिम्बू ‘लाजेहाङ’को उपचारको क्रममा मृत्यु भएको छ ।

लुम्बिनीमा एमालेलाई दिएको समर्थन फिर्ता लिने तयारीमा अन्य दल

काठमाडौँ, १० चैत । लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र)सहितका दलहरूले नेकपा (एमाले) नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेका छन् । माओवादी केन्द्र, नागरिक

सम्बन्धित

नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित

पोखरा महानगरमा जिम्मेवारी बाँडफाँड

बाग्मतीका मुख्यमन्त्री जम्मरकट्टेलले आज दोस्रो पटक विश्वासको मत लिँदै

खोलै सुकाएर विद्युत् उत्पादन गरेपछि स्थानीयको विरोध

चार प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने

आजदेखि रमजान सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...