ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महानगरपालिका योजनाबद्ध र दिगो विकासको पक्षमा – प्रमुख दाहाल


एबीसी न्यूज

भरतपुर, २४ भाद्र ।  महानगर प्रमुख रेणुु दाहालले भरतपुर महानगरपालिकाले अटो ब्यवसायलाई व्यवस्थित ढंगले संचालन गर्न चाहेको भन्दै अब छिट्टै अत्याधुनिक अटोल्यान्ड निर्माणको कामको थालनी गर्ने बताइन ।

शनिबार चितवन अटो मेकानिकल व्यवसायी संघको २२ औं दिवसको अवसरमा भरतपुर १ रामनगरमा आयोजित सवारी साधनको यान्त्रिक परीक्षण तथा चालकको स्वास्थ्य परीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पछिल्लो समयमा सवारी दुर्घटना समस्याको रूपमा रहेको भन्दै यसको न्यूनीकरणका लागि सम्बन्धित सबै सरोकारवाला निकायहरू आपसमा समन्वय गरेर अगाडि बढ्नुपर्ने प्रमुख दाहालले बताइन ।

भरतपुर बजारमा सवारी साधन सडक पूर्वाधार निर्माण र यात्रुहरूलाई सचेत गराउन भरतपुर महानगरपालिकाले विशेष चासोका साथ अगाडि बढाइरहेको उनले बताइन । ‘महानगरपालिका योजनाबद्ध र दिगो विकासको पक्षमा रहेको छ’ उनले भनिन् ।

ठूला पूर्वाधार विकासका कामहरू रिङरोड, लिंकरोड, सिटीहल, अटोल्यान्ड, देवघाटमा विद्युतीय शवदाह गृह निर्माण फलफूल तरकारी बजारको व्यवस्थापनलगायतका कामहरू भइरहेको प्रमुख दाहालले जानकारी दिइन ।

प्रमुख दाहालले फुटपाथ ब्यावस्थापन, तीन पाड्ग्रे सवारीसाधनको व्यवस्थापनले बजार क्षेत्र सुन्दर व्यवस्थित र दुर्घटना न्यूनीकरणमा सहयोगी भएको बताउनुभयो । प्रमुख दाहालले आम नागरिकको सवारी सुरक्षामा महानगरपालिकाको तीब्र चासो हुने भन्दै यसका लागि भरतपुर महानगरपालिका सबै प्रकारको सहयोग गर्न तयार रहेको बताइन ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले चितवनमा अटोमेकानिक व्यवसायी संघले महत्वूर्ण काम गरेको बताउनुभयो । सडक, साधन र सवारीचालक स्वस्थ हुनुपर्ने भन्दै दुर्घटना न्यूनीकरणमा सहयोगी हुने विश्वास व्यक्त गरे ।

३ नं प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक नबीनराज राईले ट्राफिक व्यवस्थापन र सडक सुरक्षाको लागि वैज्ञानिक सडक पूर्वाधार, गुणस्तरीय सवारी साधन र सचेत सवारीचालक र सचेत नागरिक हुनुपर्ने भएको भन्दै यस्ता कार्यक्रमले यस सम्बन्धी सचेतना जगाउन सहयोगी हुने विश्वास ब्यक्त गरेका थिए ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले रचनात्मक कार्यक्रमलाई निरन्तरता दिएर अगाडी बढ्नुपर्ने बताए । भरतपुर १ वडाध्यक्ष जयराम श्रेष्ठ लगायतले मन्तव्य दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

हाँसेर बोलिदिए मात्रै पुग्छ, हामी निःशर्त एमालेमा फर्किन्छौँः नेता श्रेष्ठ

सम्बन्धित

११ राजदूत २० गतेभित्र मन्त्रालयमा हाजिर हुन प्रधानमन्त्रीको निर्देशन

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

प्रहरी हेडक्वार्टरको परिपत्र– तत्कालीन इञ्चार्जहरूले उपत्यका नछाड्नू

रुकुमपूर्वमा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु, ५ जना घाइते

पोखरामा एन्ड्युरो साईक्लिङ रेस हुदैं

मुस्ताङमा बिहानैदेखि हिमपात: हिमपातबाट कृषक भने उत्साहित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com