ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवन –काठमाडौ महिला सञ्जालको तीज विशेष कार्यक्रममा यस्तो भने गृहमन्त्रीले


abc


काठमाडौ , २३ भाद्र । विभिन्न सामाजिक कार्य गर्दै आएको चितवन –काठमाडौ महिला सञ्जालले हरेक बर्ष जस्तै यो बर्ष पनि विविध कार्यक्रम सहित काठमाडौँमा तीज विशेष कार्यक्रम गरेको छ ।
शुक्रवार भएको तीज विशेष कार्यक्रम कार्यक्रम गृहमन्त्री रामबहादुर थापा (बादल)ले उद्धघाटन गरेका थिए ।

उक्त अवसरमा बोल्दै गृहमन्त्री थापाले आधुनिकताको नाममा हाम्रो मौलिक पहिचानको तीज पर्वलाई भड्किलो बनाउन नहुने बताए ।
उनले तीज पर्वलाई भड्किलो तरिकाले बनाउने गहृमन्त्रालयले कार्वाही गर्ने नीति नै बनाई यस्तो कार्य रोक्न सम्बन्धीत जिल्लालाई निर्देशन समेत दिएको बताए ।
मौलिक पर्वलाई भड्कीलो बनाउनु दुखद् पक्ष हो उनले भने क्षणिक रमाइलोको नाममा पर्वको खास महत्वको धज्जी उडाउनु जायज हो र ?
साथै उनले मौलिक तरिकाले मनाईएको यस किसिमको तीज कार्यक्रमले महिला एकता हुने तर्क समेत गरेका थिए ।
तीजको मौलिक महत्वलाई बुझाउन चितवनबाट काठमाडौँ आई विभिन्न पेशमा आवद्ध र बसोबास गर्ने दिदिबहिनी तथा दाजुभाईहरु एक दिन भए पनि एक ठाउँमा जमघट भई एकता कायम गर्न कार्यक्रम गरेका चितवन काठमाडौ महिला सञ्जालकी अध्यक्ष सावित्रि अधिकारीले बताईन।
यस्तै कार्यक्रममा बोल्दै पूर्व मन्त्री विक्रम पाण्डेले महिला एकतालाई चितवन काठमाडौँका हरेक कार्यक्रम सफल सावित हुदै आएको बताए ।
कार्यक्रममा नै बोल्दै महिला आयोगकी पूर्व अध्यक्ष नैनकला थापाले तीज गीतमा भित्रिएको छाडापनले यसको धार्मिक मूल्य, मान्यता र सांस्कृतिक परम्परा ओझेलमा परेको बताईन् ।सञ्चालकी महासचिव रेनुका गुरुङ्गले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा अष्टे«लीयाको लागि नेपाली राजदुत लक्की शेर्पा, भलिबल सघका अध्यक्ष मनोरञ्जन शर्मा, नेता झक्कु सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साथै सञ्जालले यहि २५ गते अनाथ बालबालिका, वृद्धाआश्रम रहेका बुबाआमालाई समेत दर खुवाउने कार्यक्रम रहेको छ ।
विगत लामो समयदेखि सञ्जाल काठमाडौँमा नै सञ्जालले ‘हप्ताको दुई घण्टा सरसफाइलाइ ध्यान दिऊँ, सफा र स्वच्छ बनी आनन्दले जिऊँ’ भन्ने नारा नै तय गदै कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पहिला विमानस्थल पुग्ने सडक मर्मत गर्नुस् : मन्त्री श्रेष्ठ

काठमाडौँ, १३ चैत । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले लैनचौर–बालाजु–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको सडक पहिला मर्मत गर्न निर्देशन दिएका छन् । काठमाडौँ उपत्यका

एकै स्थानमा भेटियो ९ वटा बेवारिसे बम

कावासोती, १३ चैत । पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा नौ वटा बम फेला परेका छन् । आइतबार दिउँसो बारीमा बम देखेपछि

एकै दिन १६ जनमा कोरोना सङ्क्रमण

काठमाडौँ, १२ चैत । कोरोना भाइरसको सङ्क्रमण आज पनि बढेको छ । यसअघि चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण आज फेरि १६ जनामा देखिएको

सम्बन्धित

कालोपत्रका लागि माटोको ग्राभेल

नेपाली सेना र अमेरिकी सेनाको संयुक्त बैठक आजदेखि सुरु

हटिया–ताराखोला सडक : म्याद सकियो, सकिएन कालोपत्र

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र खनालले हेरे ‘छक्का पञ्जा ४’

कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?

बल्खु खोलामा नवजात शिशुको शव फेला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...