ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एबीसी टेलिभिजन गण्डकी प्रदेश ब्युरोको १०औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न


एबीसी न्यूज
भाद्र १५, २०७५ शुक्रबार  १० : २४ बजे

काठमाडौं, १५ भाद्र । एबीसी टेलिभिजन गण्डकी प्रदेश ब्युरोले १० औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । वार्षिकउत्सव कार्यक्रममा हाम्रो नेपाल, उज्यालो नेपालका विषयमा वृह्त अन्र्तक्रिया तथा सम्मान कार्यक्रमका साथ मनाईएको हो ।

टेलिभिजनको १० औ वार्षिकोत्सवको अवसरमा आयोजना भएको विशेष कार्यक्रममा पोखराका विभिन्न ब्यक्ति तथा सामाजिक संस्थाहरुलाई सम्मान गरेको छ । सम्मानित हुने व्यक्ति तथा सस्थालाई गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा, एबीसी टेलिभिजनका अध्यक्ष तथा मिडिया सोशाइटी नेपालका अध्यक्ष शुभ शंकर कंडेलले संयुक्त रुपमा सम्मान गरेका छन् । पोखराको माउण्टकैलाश रिसोर्टमा आयोजना भएको विशेष कार्यक्रममा युनाइटेड क्लव पोखरा, मुक्तिनाथ बिकास बैङक, युवा उद्यमी माइकल कर्माचार्य, पर्यटन ब्यवशायी नरेश भट्टराइ र सुन्दर कुमार श्रेष्ठ, सांस्कृतिक अभियनता मेनकाजी गुरुङ, नागरिक अभियनता वरिष्ठ अधिवक्ता तिलक पराजुली र सामाजिक अभियनता हिरु पुन र समाजसेवी मीना गुरुङ सम्मानित भएका हुन ।

वृह्त अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दिनमा १२, १५ घण्टा लोडसेडिङ हुने हाम्रो मुलक २ वर्ष यता देश लोडसेटिगं मुक्त भएको बताए । अहिले केहि बेर लाइन काटिदा लोडसेडिङ भयो भन्ने मानसिकता मानिसमा व्यप्त भएको तर एउटै पोलमा ४ वटा सर्किट भएकाले, एउटामा समस्या आउदा सवै लाईन काटेर मर्मत गर्नु पर्ने, जिर्ण बन्दै गएको पोल हरु लडदा लाइन जाने जस्ता प्राविधिक कारणलाई लोडसेडिङ भन्न नमिल्ने निर्देशक घिसिङले बताए ।

अब चाडै आवश्यक प्रविध ल्याई प्राविधिक समस्याहरु पनि समधान गर्ने उनले बताउनु बताए । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशलाई उज्यालो प्रदेशमा बनाउने र तीन हजार मेगावट विद्युत विस्तार गर्ने योजना बताउदै राज्यले प्रदेश सरकारलाई विभेद गरेको बताए । शैन्य अधिकार, करका कुरा, बजेट योजना जस्ता पक्षमा प्रदेश सरकारलाई विभेद गरेको तर देशको विकास, आर्थिक सम्बृद्धि चाहाने हो भने संघले प्रदेशलाई अधिकार दिनुपर्ने मुख्यमन्त्री सुब्बा गुरुङल जिकिर गरे ।

१० औं वार्षिकोत्सव कार्यक्रमा एबिसि टेलिभिजनका रु, एबीसी टेलिभिजनका अध्यक्ष तथा मिडिया सोशाइटी नेपालका अध्यक्ष शुभ शंकर कंडेलल एबिसिले विभिन्न राजनीतिक परिस्थितिका आधिवेरी पन्छ्याउदै गाउ“, शहर बिउझ्याउन, वास्तविक सुचना जनतालाई पु¥याउन निरन्तर लागि परेको बताउनु भयो । तर अहिले मिडियालाई तर्साउने कानुन बनेको त्यसले ठुलो खतरा उब्जेको र त्यसलाई संसोधन गर्नुपर्ने भनिएपनि ढिलाई भएको उहा“ले बताउनु भयो । राजनीतिमा निक्कै फड्को मारेको हामी अब पहिला आर्थिक सम्बृद्धिको, उद्योग , जनशक्तिलाई विकास गर्नु पर्ने, पुरानो प्रवृति बदलनुपर्ने र आर्थिक सम्बृद्धिको बाटोमा लागनु पर्ने अध्यक्ष कडेलले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com