ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विशेषज्ञसहित २१ स्वास्थ्यकर्मीको दरबन्दी रहेको अस्पताल, स्टाफ नर्स र अहेवको भरमा


एबीसी न्यूज
भाद्र १५, २०७५ शुक्रबार  ९ : १६ बजे

दुल्लु, १५ भाद्र ।   दुल्लु अस्पतालमा चिकित्सकसहित अन्य सुविधा नहुँदा स्वास्थ्य सेवा प्रभावित हुँदै आएको छ । कहिले चिकित्सक नहुनु, कहिले अस्पतालमा औषधि नहुनु र कहिले खानेपानीको अभाबले स्वास्थ्य सेवा प्रभावित भएको हो ।

एउटा दशौँ तहको विशेषज्ञ चिकित्सक र दुईवटा आठौँ तहको चिकित्सकको दरबन्दी रहेको उक्त अस्पताल स्थापनाकालदेखि हालसम्म पनि माथिल्लो तहको विशेषज्ञ चिकित्सकको पदपूर्ति नहुँदा बिरामी उपचार पाउनबाट बञ्चित हुँदै आएका छन् ।

विशेषज्ञसहित २१ स्वास्थ्यकर्मीको दरबन्दी रहेको अस्पतालमा अधिकांश पद अहिले पनि रिक्त छन् । दुई नगरपालिका र दुई गाउँपालिकालाई सेवा दिइरहेको अस्पतालमा बिरामीले भनेजस्तो सेवा पाउन सकेका छैनन् । अस्पतालमा चिकित्सक नहुँदा सामान्य बिरामीलाई समेत जिल्ला अस्पताल दैलेख र सुर्खेतमा सिफारिश गर्नुपर्ने बाध्यता छ ।

अहिले उक्त अस्पतालमा कार्यरत डा लीला देवकोटा अध्ययन बिदामा काठमाडौँ जानु भएको र निमित्त प्रमुख डा लाल गुरुङ पनि एक हप्तामा अध्ययन बिदामा जानु भएको अस्पतालका अहेव खड्गबहादुर शाहीले बताउनुभयो ।
अस्पतालमा चिकित्सक नहुँदा शव परीक्षणका लागि जिल्ला अस्पतालबाट चिकित्सक बोलाउनु परेको उहाँको भनाइ थियो ।

चिकित्सक बिदामा बसेपछि अहिले स्टाफ नर्स र अहेवको भरमा चलिरहेको सो अस्पतालमा दुल्लु नगरपालिका, भैरवी गाउँपालिका, चामुन्डा विन्दासैनी नगरपालिका र अछामको तुर्माखादबाट पनि बिरामी उपचारका लागि आउने गर्छन् ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मात्रिकाप्रसाद रिजालले चिकित्सकले विभिन्न बहाना बनाउँदै अस्पताल छाड्ने गरेकाले बिरामीको उपचारमा समस्या भएको बताउनुभयो  । दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले नियमित चिकित्सक बस्ने वातावरण मिलाउन आफूले पहल गरिरहको बताउनुभयो ।
अहेव शाहीले दुई चिकित्सक एक साताभित्र आइपुग्ने जानकारी आएको छ भन्दै चिकित्सकको अभाबमा पनि जेनतेन सेवा दिइरहेको बताउनुभयो ।
अस्पतालमा सबै औषधि उपलब्ध भए पनि भिडियो एक्सरे गर्ने उपकरण पाँच महिनादेखि बिग्रिएर थन्किएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com