ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल–अष्ट्रेलियाबीच स्वास्थ्य सम्वन्धमा विस्तार गर्न पहल गर्छु : राजदूत शेर्पा


admin
भाद्र १४, २०७५ बिहीबार  ७ : १८ बजे
चितवन । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले भरतपुर अस्पतालको निरीक्षण गर्नुभएको छ । आकस्मिक सेवा, ओपिडी, हाडजोर्नी विभाग, प्रशुती विभाग लगायतको अवलोकन गरेकी राजदुत शेर्पाले अस्पताल प्रशासन र चिकित्सकहरुसँग अन्तरक्र्रियासमेत गर्नुभयो ।सो अवसरमा उनले अष्ट्रेलियन प्रविधि, त्यहाँका चिकित्सकहरुको ज्ञानलाई नेपाली चिकित्सक र अस्पतालहरुसँग समन्वय र सहकार्य गर्न सकिने बताइन् । उनले धेरै नेपाली चिकित्सकहरु अष्ट्रेलियामा अत्यन्त राम्रो बिशेषज्ञता हासिल गरेर आफ्नो क्षेत्रमा राम्रो काम गरेर बसेकोले उनीहरु स्वयम सहकार्य गर्न ईच्छुक रहेको बताउनुभयो ।

‘उहाँहरुले सिकेका ज्ञान, सीप र प्रविधि नेपाल र अष्ट्रेलिया बीच आदानप्रदान गर्न सकियो भने यसले चिकित्सा पेशामा रहेका चिकित्सक र सेवाग्राहीका साथै समग्र स्वास्थ्य क्षेत्र लाभान्वित हुनसक्ने छ’ उहाँले बताउनुभयो ।

दक्षता र बिशेषज्ञता भएर पनि सीमित स्रोत र साधनका साथ नेपालमा कार्यरत चिकित्सकहरुले बिरामीहरुलाई राम्रो सेवा दिन सकेकोमा अझ यसलाई प्रभावकारी बनाउन दक्षता र क्षमता बढाउन सकिनेमा उहाँको जोड थियो ।

पहिलो चरणमा ज्ञान आदान–प्रदान, दोस्रो चरणमा हाडजोर्नी बिभागका लागि केही उपकरण र अन्त्यमा ट्रमा सेन्टर निर्माणका लागि सहयोग गर्न आफु प्रतिबद्ध रहेको राजदूत शेर्पाले बताउनुभयो ।

सो अवसरमा अस्पतालका मेडिकल सुपरिडेन्ट डा. रबिन खड्का, हाडजोर्नी बिशेषज्ञ डा. श्रवण कुमार थापा, प्रशुति बिभाग प्रमुख डा. सुनिलमणि पोखरेल, फिजिसियन डा.भोजराज अधिकारी लगायतले अस्पतालको वर्तमान अबस्था, समस्या र भावी रणनीतिका बारेमा जानकारी राजदूत शेर्पालाई जानकारी गराउनुभएको थियो ।

चिकित्सकहरुले बर्षेनी १५ हजार प्रसुतिको लागि आउने हुँदा शिशु स्याहार र गर्भवती महिलालाई यथेष्ट सेवामा चुनौती, सबैभन्दा बढी घाईते र अंगभंगका घटना हुने हुँदा ट्रमा सेन्टरमा प्रविधिको अभाव र अर्थोपेडिक लगायतको समस्या बढी रहेको जानकारी दिएका थिए ।

१५० बेड र १७५ जना स्टाफ साथै सीमित स्रोत र साधन रहेकोमा बिरामीको संख्या अत्याधिक रहेकोले दिनानुदिन बिरामी बढ्दै जाने हुनाले चुनौती थपिएको पनि चिकित्सकहरुको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

ट्रम्पद्वारा युरोपेली गाडीहरूमा कर बढाउने घोषणा: व्यापार युद्धको खतरा

सम्बन्धित

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

देशका अधिकांश भागमा वर्षाको सम्भावना

वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com