काठमाडौँ,१३ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओली र म्यानमारका राष्ट्रपति विन मिन्तबीच द्विपक्षीय भेटवार्ता भयो ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनका क्रममा उहाँहरुबीच द्विपक्षीय वार्ता भएको हो ।
बिम्स्टेक शिखर बैठकमा भाग लिने सिलसिलामा राष्ट्रपति विन नेतृत्वको प्रतिनिधिमण्डल मङ्गलबारदेखि काठमाडौँमा छ ।
त्यस अवसरमा उहाँहरुबीच नेपाल–म्यानमार सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्