काठमाडौं, १३ भाद्र । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर बैठकका एजेण्डाको अन्तिम टुंगो लागेको छ । परराष्ट्रमन्त्रीस्तरीय बैठकले चौथो शिखर सम्मेलनको एजेण्डा र काठमाडौं घोषणापत्रको मस्यौदालाई अन्तिम रूप दिएको हो ।
काठमाडौंस्थित होटल सोल्टीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा बसेको बैठकले बिमस्टेक सम्मेलन तथा समझदारीपत्रको तयारी एवम् शिखर सम्मेलनका एजेण्डाहरुलाई अन्तिम रुप दिएको हो ।
मन्त्रीस्तरीय बैठकमा बिमस्टेकका महासचिवको प्रतिवेदन, हिजो सम्पन्न बिमस्टेकका बरिष्ठ पदाधिकारीको १९ औँ बैठक तथा बिशेष बैठकका प्रतिवेदन पेश गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रीस्तरीय बैठकले अन्तिम रुप दिएका एजेण्डालाई भोलि ९बिहीबार० शुरु हुने शिखर सम्मेलनमा प्रस्तुत गरिनेछ । बैठकमा सदस्य राष्ट्रका परराष्ट्र तथा बाह्य मामिला तथा विदेश मन्त्रीले सम्बोधन गरेका थिए ।
भारतको बाह्य मामिला राज्यमन्त्री भिके सिंह, बंगलादेशको विदेशसचिव अबुल हसन महमुद अलि, म्यान्मारका अन्र्तराष्ट्रिय सहयोगसम्बन्धी संघीय मन्त्री क्याव तिन, श्रीलंकाका विदेश राज्यमन्त्री बसन्ता सेनानायके र थाइल्याण्डका विदेशमन्त्री दोन प्रमुद विनय नेतृत्वको बैकठमा सहभागीता थियो ।
प्रतिक्रिया दिनुहोस्