काठमाडौं १३ं भाद्र । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्रबारे नकारात्मक टिकाटिप्पणी नगर्न आग्रह गर्नु भएको छ ।
अर्थमन्त्री खतिवडाले मुलुक सवल अर्थमन्त्री निर्माणको प्रथम चरणमा प्रवेश गरेको दावी गर्दै नकारात्मक टिकाटिप्पणी नगर्न आग्रह गर्नु भएको हो ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को १९ औं वार्षिक साधारण सभालाई बुधबार काठमाडौंमा उद्घाटन गर्दै उहाँले मुलुकको अर्थतन्त्र खतराको विन्दुमा नरहेको उल्लेख गर्दै सवल अर्थतन्त्रको सकारात्मक पक्षलाई केही नकारात्मक सूचकले ढाक्ने प्रयास गर्न नहुने पनि स्पष्ट पार्नु भयो ।
अर्थमन्त्री खतिवडाले अर्थतन्त्रको सकारात्मक पक्षलाई ढाक्ने प्रयास गरे अर्थतन्त्र निर्माणका लागि आवश्यक आन्तरिक, बाह्य तथा निजी क्षेत्रका लगानीकर्ताहरुको मनोबल गिर्नेतर्फ पनि सम्बन्धित सबैलाई सचेत गराउनु भयो ।
अर्थमन्त्री खतिवडाले व्यापार घाटा हुन नदिन निर्यात व्यापारका लागि क्षमता वृद्धि गर्न पनि सरकारले अहिले पनि कतिपय आयातित बस्तुहरुमा जोड दिनु परेको पनि स्पष्ट पार्नु भयो ।
निर्यात व्यापारका लागि क्षमता अभिवृद्धि गर्न आवश्यक प्रविधि, कच्चा पदार्थ, परामर्शदातालगायतका बस्तुहरु नेपालको लागि अतिआवश्यक रहेको अर्थमन्त्री खतिवडाको तर्क छ ।
अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक वृद्धिदर बढदै जाने दावी पनि गर्नु भयो । उहाँले सरकारले मुलुकलाई समृद्ध बनाउन निजी क्षेत्रसँगको सहकार्यलाई जोड दिएको पनि स्मरण गराउनु भयो ।
प्रतिक्रिया दिनुहोस्