ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जुम्ला प्रतिष्ठान विद्युत्भार कटौतीमुक्त


bhawani desk

 सुर्खेत, १३ भाद्र । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला मङ्गलबारदेखि विद्युत्भार कटौतीमुक्त भएको छ ।

दिनमा पटक–पटक विद्युतभार कटौती खेप्दै आएको प्रतिष्ठानलाई गोठीचौर गाउँपालिकास्थित नौमुले लघु जलविद्युत् आयोजना देपालगाउँले १५ किलोवाट विद्युत् सहयोग गरेपछि प्रतिष्ठानमा २४सै घण्टा बिजुली बल्ने भएको छ । गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारी र प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेबीच मङ्गलबार एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

प्रतिष्ठानको संरचना र उपकरण दुवै हुँदा पनि विद्युत् अभावका कारण जनस्वास्थ्यमा परेको प्रतिकूल प्रभावलाई ध्यानमा राखेर विद्युत् सहयोग गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

विद्युत् अभावमा अपेक्षित स्वास्थ्य उपचार दिन नसकिरहेको अस्पताललाई अब सबै काममा सहज हुने रजिष्ट्रार काफ्लेको भनाइ छ । “खासगरी विद्युत् सेवा प्रभावकारी नहुँदा ठूला शल्यक्रिया गर्न जटिल भएको थियो”, उहाँले भन्नुभयो, “विद्युत् नियमितताले सरलता आउनेछ र उपकरण थपेर विद्युत् पनि थप्ने र प्रतियुनिट रु १० तिर्ने सम्झौता गरिएको छ ।”

सम्झौतापश्चात् विद्युत् नियमितताले आइसीयु, सिटी स्क्यान, रक्त सञ्चार केन्द्र, अक्सिजन प्लान्ट सञ्चालनमा सहजता आउने भएको छ । विद्युत्कै कारण रोकिएका सेवा अब भदौ महिनाभित्रै सञ्चालनमा ल्याउन र सेवा विस्तार गर्न प्रतिष्ठानले तयारी गरेको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुन्धाराको सडकमा दुई मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु

अमेरिका र चीनसँग व्यापार युद्ध निष्क्रिय पार्न १४५ % ट्यारिफलाई ३०% मा झार्न सहमत

सम्बन्धित

लुम्बिनीमा सम्बोधन गर्दै भारत-पाकिस्तानबिचको तनावबारे प्रधानमन्त्री ओली (पूर्णपाठसहित)

भारत र पाकिस्तानबीच अचानक युद्धविरामको रहस्य

अमेरिका र चीनबीच करमा यस्तो सम्झौता

अर्थमन्त्री पौडेललाई चेम्बर अफ कमर्सका १०१ सुझाव

हमासले इजरायली–अमेरिकी बन्धक एडेन अलेक्ज्यान्डरलाई रिहा गर्ने

वाईसीएल पुनः जुर्मुराउने बेला आयो – प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com