काठमाडौं, १३ भाद्र । सल्यानको बागचौर नगरपालिका ४ मा अबिरल वर्षाले घर भत्किँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।
घर भत्किँदा रामसिंह कामीका ६ जनाको परिवारमध्ये पाँच जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा रामसिंह, उनकी श्रीमती रामकला, छोरी गंगा र प्रमिला तथा छोरा रुपलालको मृत्यु भएको हो । एकजना बालिकाको भने जिवितै उद्धार गरिएको छ ।
घरमा सुतिरहेको बेला गएराति करिब साढे ९ बजेतिर घर भत्किँदा उनीहरु च्यापिएका थिए ।
घटनास्थलमा स्थानीयबासी र सीमाखोली प्रहरी इकाइको टोलीले उद्धार गरेको थियो । अहिले सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसहितको टोली घटनास्थल पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्