
काठमाडौं, १२ भाद्र । प्रधानमन्त्री केपी ओलीले यही भदौ १४ र १५ गते नेपालमा हुन लागेको बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनबारे संसदलाई जानकारी गराएका छन्।
प्रतिनिधिसभाको बैठकलाई सम्वोधनगर्दै ओलीले नयाँ सरकार गठनपश्चात थालेको तयारीलाई साकार पार्न आफूहरु सफल हुन लागेको बताए।
संसदलाई संबोधन गर्दै ओलीले आसन्न बिमिस्टेक सम्मेलन लाई सफल बनाउन, वातावरण क्षेत्रका समस्या परिवर्तनका चुनौती सामना गर्न तथा दिगो विकासका चुनौती सामना गर्ने जस्ता विषयमा केन्द्रित हुने बताए।
बिमस्टेकका १६ विभिन्न क्षेत्रमध्ये नेपालले नेतृत्व गरिरहेको गरिबी निवारणको क्षेत्रलाई प्रभावकारी र सफल बनाउन जनता जनताबीचको सम्वन्ध सृजना गर्न सम्मेलन लाभदायी हुने जानकारी उनले गराए।
नेपालको विकासका लागि आवश्यक विभिन्न विषयमा भारत, श्रीलंका, बंगलादेशलगायत सबै देशका नेतृत्वसँग द्वीपक्षीय छलफल र सहमती हुने जानकारी उनले गराए।
प्रधानमन्त्री ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० को बैठक समयमै गर्न केही सदस्य राष्ट्रका जटिलताका कारण नसकिएको जानकारी गराउँदै सम्मेलन गर्नेबारे नेपाल सरकारले पहल गरिरहेको जानकारी गराए।
ओलीले बिमस्टेकलाई औपचारिक संगठनका रुपमामात्र भन्दापनि क्षेत्रीय पारस्परिक र प्रभावकारी संगठनका रुपमा लैजान आफूहरु अग्रसर रहेको औल्याए।







प्रतिक्रिया दिनुहोस्