रौतहट, १० भाद्र । रौतहटको लालबकैया नदीमा शनिबार डुंगा दुर्घटना हुँदा डुबेका २१ जनाको उद्धार गरिएको छ ।
५ जना बेपत्ता मध्य १ जनाको शव आज विहान भारत बिहारको वेलवा र जमुवाघाटमा एक जना महिलाको लास फेला परेको छ । डुङ्गा दुर्घटनामा परेकी अौरैयाकी रूना पटेलको लास फेला परेको खोज्दै गएका टिकुलियाका स्थानीयहरूले पटेलको लास फेला पारेका हुन ।
जिल्ला प्रहरी कार्यालय, रौतहटले २१ जना भेटिएको र हराइरहेका ५ जनाको खोजी कार्य भइरहेको जनाएको छ ।
अवस्था अझै अज्ञात रहेकामा ओमप्रकाश चन्द्रवंशी, शान्तिदेवी साह, इन्दुदेवी पटेल, उष्मा पटेल र रुनादेवी पटेल छन् । यीमध्ये ओमप्रकाश डुंगाका सहचालक हुन् ।
औरहियाबाट गौरतर्फ आउँदै गरेको डुंगा शनिबार पुल निर्माणका लागि बनाइएको पिल्लरमा ठोक्किएर दुर्घटना भएको थियो ।
डुंगा दुर्घटना भएलगत्तै बेलुकादेखि नै सुरक्षाकर्मीको टोलीले खोजी सुरु गरेको थियो । हराइरहेकाहरुको आइतबार बिहानैदेखि पनि प्रहरी, नेपाली सेना, सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा खोजी कार्य जारि रहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्