कञ्चनपुर, १० भाद्र । भीमदत्त नगरपालिका–२ खोल्टीका निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीयले गरेको प्रदर्शनले उग्र बनेपछि गत शुक्रबार साँझ ८ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश् हटाइएको छ ।
आज बिहान ५ बजेदेखि १० बजेसम्म पाँच घण्टाका लागि हटाइएको हो ।
दश बजेदेखि पुनः कर्फ्यू यथावत रहने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पाँच घण्टाका लागि कर्फ्यू हटाइएपछि रक्षा बन्धनका लागि सामग्री खरिद गर्नेको बजार क्षेत्रमा भीड लागेको छ ।
प्रतिक्रिया दिनुहोस्