रौतहट, ९ भदौ । रौतहटको गौर नगरपालिका वार्ड न. ४ स्थित टिकुलिया घाटमा डुङ्गगा पल्टिदा ४० जना डुबेका छन ।
गौर र इशनाथ नगरपालिका जोडने टिकुलिया स्थित लालबकैया नदीमा ४० जना सवार बोकेका डुङ्गगा अनियन्त्रि हुदा निर्माण भईरहेको पुलको खम्बामा ठोकिदा दुर्घटना भएको छ । डुङ्गगामा २५ जना सवार मध्ये १५ जनाको उधार भएको अन्य बेपत्ता रहेको घाट केक्दार र डुङ्गगा चालक पप्पु सहनीले बताएका छन भने अन्य व्यक्तिहरुको खोज तलास कार्य जारी रहेको छ ।
घटना स्थालमा प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल, नेपाल प्रहरी प्रमुख केदार ढकाल, नेपाली सेना, सशस्त्र प्रहरी सहित स्थानीयले उधार कार्य जारी राखेका भएतापनी रात्रीको समय भएकोले उधार कार्यमा कठिनाइ भएपनि खोजी जारी नै रहेको बताए छ । तर टिकुलियाबासी र डुङ्गगामा सवार भई दुर्घटनामा परेर बाचेका भनाई अनुसार ४० जना डुङ्गगामा सवार रहेको थियो भने डुङ्गगा चलाउने व्यक्ति आफै न चलाई नयाँ व्यक्तिलाई चलाउन दिदा यति ठूलो घटना भएको बताए ।
अरु वेपत्ताहरुको खोजीका लागि पौडीबाज सुरक्षाकर्मीसहित विपद व्यवस्थापन टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताएका छन । बन्जाराहबाट सदरमुकाम गौरको टिकुलिया घाटतर्फ आउँदै गरेको डुंगालाई शनिबार साँझ लालबकैया खोलामा आएको बाढीले शनिबार साँझ ७ बजेतिर बगाएको स्थानीहरुले बताए । डुबेका मध्ये आफनो ज्यान पौडी खेलर बचाएको गौर न.पा. ४ को जय प्रकाश गिरीका अनुआर डुङ्गगामा सवार महेन्द्र सहनी, उमेश सहनीकी श्रीमती, बिगु पटेल, प्रतिमा पटेल, नंदू सहनी, इशनाथ न.पा. ३ औरैयाका शंकर पटेलकी बहिनी बाचेका छन भने बाचेका गिरीको अनुसार करीब १० जना अहिले पनि बेपता रहेकोे छ ।
प्रतिक्रिया दिनुहोस्