रौतहट, ९ भाद्र । रौतहटको गौर नगरपालिका वडा नम्बर ४ स्थित लालबकैया नदीमा डुंगा दुर्घटना हुदा ३० जना बेपत्ता भएका छन् ।
डुंगामा ४० जना सवार भएको र उनीहरु मध्ये १० जनाले पौडिएर ज्यान जोगाउन सकेको र ३० जना अझै वेपत्ता रहेका छन् ।
औरहियाबाट गौरतर्फ आउँदै गरेको डुंगा पुल र्निर्माणका लागि बनाइएको पिल्लरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार डुंगा नै फुटेको छ ।
अहिले प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली उद्दारमा जुटेको छ । तर, खोलामा बाढी आएको र रात परेकाले उद्दारमा कार्यमा समस्या प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्