काठमाडौं , ९ भाद्र । यहि भाद्र १४ र १५ गते हुने बिमस्टेक बैठकका बेला काठमाडौंका गाडीमा जोर बिजोर प्रणाली लागू हुने भएको छ ।
निजी तथा भाडाका गाडीमा जोर बिजोर प्रणाली लागू हुने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
यसअनुसार १४ गतेका दिन जोर नम्बर प्लेटका गाडी तथा १३ र १५ गतेका दिन बिजोर नम्बर प्लेट भएका गाडी मात्र सञ्चालन हुन पाउनेछन् । गाडीको अन्तिम २ अंकको आधारमा जोर र विजोर छुट्याईने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बिमस्टेक बैठकको अवधिमा सवारी आवागमन सहज बनाउन जोर बिजोर प्रणाली लागू गर्न लागिएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्