कञ्चनपुर,८ भाद्र । कञ्चनपुरको महेन्द्रनगरमा निर्मला पन्तको हत्याको छानबिनका लागि दबाबका लागि भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक किशोरको मृत्यु भएको छ ।
प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर आफ्नै होटेलमा बसेका १७ वर्षीय चेतन भट्टको मृत्यु भएको महाकाली अञ्चल अस्पतालले जनाएको छ । प्रहरीले हानेको गोली बालकको छातीमै लागेको स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन् ।
निर्मला पन्तको बलात्कारमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुले जिल्ला प्रशासन कार्यालयमा तोडफोड गर्न थालेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्