काठमाडौं, ७ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारले नेपालको विकासको रणनीतिक नारा सुखि नेपाली, समृद्ध नेपाल लाई व्यवहारमा कार्यान्वयन गर्ने कार्यमा केन्द्रित भएको छ ।
यस नारा (सपना) लाई नेपालका जनताले गत वर्ष भएको ३ वटै निर्वाचनले भारी मतले अनुमोदन गरी सकेका छन् । यो नारा अब नेपाल र नेपालीको विकास तथा समृद्धिको रुपमा रुपान्तरण गर्ने चाहना गरेका छन् ।
जनताले बहुमतको सरकार दिएपनि के समृद्ध नेपाल सुखी नेपालि हुनेमा जनता विश्वस्त छन् त ? यसै विषयमा एबीसी टेलिभिजनले आफ्नो १०औँ वार्षिक उत्सवको अवसरका सरोकारवाला निकायसंग वृह्त अन्र्तक्रिया कार्यक्रम संचालन गरेको छ । सो कार्यक्रममा पूर्वप्रधानमन्त्री, पूर्व अर्थमन्त्री र विशिष्ट ब्यक्तिहरुबीच छलफल भएको हो ।
छलफलमा राजनीतिक दल र विचारकहरुले पछि त्यस विचारहरुलाई आफ्ना चुनावी घोषणापत्र र चर्चाको विषय बनाउँदै आए ।
मानिसका जीवनका हरेका क्षेत्रमा विकास र समृद्धिको पक्षमा चर्चाको विषय बन्नुपर्ने छलफलमा सहभागिहरुले बताएका थिए ।
जुन विषय यतिबेला नेपालको राजनीतिको लागि एउटा चुनौती र संभावनाको रुपमा आइरहेको सहभागिहरुको धारणा रहेको छ ।
अब नेपालका सबै तहका सरकारहरुले आ–आफ्नो ठाउँको समृद्धिका लागि योजनावद्धको कामको विषय बनाउदै नेपालको हरेक क्षेत्रलाई समृद्धिको अभियानको रुपमा लानु अनिवार्य विषय बनेको पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले बताए । अव हामीहरुले आआफ्नो स्थानको समृद्धिका आधार तथा प्राथमिकताहरुको पहिचान गरि समृद्धिका लागि आत्मनिर्भर र स्वाधिन अर्थतन्त्रको निर्माण गरि राष्ट्रिय पूँजीको विकासका लागि यस बहुमतको सरकार लाग्नु पर्ने भट्टराईले बताए ।
नेपाल र प्राय सवै प्रदेशको समृद्धिको मूल आधार भनेको कृषि, पर्यटन र हामीसंग भएका प्राकृतिक सम्पदाहरुको योजनाबद्ध व्यवस्थापन गर्न सके देश समृद्धि तर्फ अघिबढ्ने छलफलमा सहभागिहरुले बताएका थिए ।
हामीले हाम्रो देशको विकासका लागि यी आधारभूत क्षेत्रको विकासका लागि आवश्यक जनशक्ति निर्माण गर्ने शिक्षा नीति अवलम्बन गर्ने, यी क्षेत्रको बिकासको लागि आवश्यक नीति निर्माण गर्ने, आवश्यक लगानीका लागि पूँजी व्यवस्थापन गर्दै आवश्यक प्रविधि तथा दक्ष जनक्तिको व्यवस्था नै यतिबेलाकोमुख्य आवश्यकता रहेको छलफलमा सहभागि पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे बताए । यस अवको बाटो समृद्धिको बहस कार्यक्रम एबीसी टेलिभिजमा १० गते २ बजेको समाचार पछि प्रशारण गरिने छ ।
प्रतिक्रिया दिनुहोस्