ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनुगमनमा बाधा पुर्‍याउने व्यापारीको दर्ता खारेज गर्ने


एबीसी न्यूज

 

काठमाडौं, ५ भाद्र । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अनुगमनमा बाधा पुर्‍याउने व्यापारीको दर्ता नै खारेज गर्ने तयारी गरेको जानकारी दिएको छ ।

मन्त्रालयका सहसचिव नवराज ढकालका अनुसार नागरिक ठग्ने र बजार अनुगमनमा बाधा पुर्‍याउने व्यापारीलाई कारबाहीको लागि मंगलबार मन्त्रिस्तरीय बैठक बस्ने तयारी भएको हो ।

कालिमाटी तरकारी बजारको सिन्डिकेट तोड्न अब सरकारले कुनै पनि कसर बाँकी नराख्ने भन्दै प्रवक्ता ढकालले ठग्नुपर्छ भनेर आन्दोलन गर्ने व्यापारीको साथ नलाग्न पनि अन्य व्यापारीलाई आग्रह गर्नुभयो ।

यस्तै सरकारी अनुगमनको विरोधमा नेपाल फलफूल तथा तरकारी व्यवसायीले मंगलबारदेखि तरकारी र फलफूल नै नबेच्ने घोषणा गरेका छन् । सोमबार सरकारले कालिमाटी तरकारी बजारको अनुगमन गर्दा हुँदै नभएका नियमको भरमा आफ्ना नेता पक्राउ गरेको भन्दै नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले मंगलबारदेखि तरकारी र फलफूल नै नबेच्ने जनाएको छ ।

सरकारले पक्राउ परेका व्यापारी रिहा गर्नुपर्ने र जफत भएको २ गाडी तरकारी पनि फर्काउनुपर्ने माग गर्दै व्यापारीले विरोध जनाएका छन् । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले कालीमाटी तरकारी तथा फलफूल बजारमा बील विजक नभएको भन्दै २ वटा तरकारी बोकेका गाडी नियन्त्रणमा लिएको थियो ।

त्यसपछि व्यापारीले नाराबाजी गर्दै अनुगमन टोलीलाई नै थुनेपछि प्रहरीले तरकारी तथा फलफूल व्यवासायी महासंघका भरत खतिवडालाई पक्राउ गरेको थियो ।

कालिमाटीमा भएको घटनाबाट मन्त्रालय गम्भीर बनेको भन्दै मंगलबार निर्णय गरेर अनुगमनको विरोध गर्ने व्यापारीको दर्ता नै खारेज गर्ने र थप कारबाही गरिने ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com