ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आपराधिक घटना न्यूनीकरण गर्न विशेष सुरक्षा


bhawani desk

 भद्रपुर,४ भाद्र । केही समययता यौनजन्य दुव्र्यवहार र अपराधका घटना वृद्धि भएकाले त्यसको नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रहरी कार्यालयले विशेष सुरक्षा नीति अपनाएको छ ।

अपराधका घटनामा प्रभावकारी रूपले अनुसन्धान गरी कानूनी दायरामा ल्याउन, अपराध तथा आपराधिक प्रवृत्तिलाई निरुत्साहित गर्न र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिनका लागि एक महिने विशेष सुरक्षा नीति अपनाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त नीति कार्यान्वयनका लागि २८५ प्रहरी खटाइएको जानकारी दिँदै प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले भन्नुभयो, “यौनजन्य घटना र त्यसका कारक तत्वबारे विवरण सङ्कलन गरी विश्लेषण गर्ने, घटना हुने वा हुनसक्ने ठाउँ पहिचान गरी निगरानीका जनशक्ति परिचालन गर्ने हाम्रो उद्देश्य हो ।”

उहाँले यौनजन्य घटनामा सम्लग्न अभियुक्तलाई तत्काल पक्राउ गरी हदैसम्मको सजायका लागि प्रभावकारी अनुसन्धान गर्न, पीडितका आफन्त र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन र सम्भावित पीडक पहिचान गरी निगरानी गर्न सादा पोशाका ५०, मोटरसाइकल गस्ती गर्न १००, तलासीलिन ३५, पैदलगस्ती गर्न ३५ र अनुसन्धान गर्न १५ प्रहरी रहने बताउनुभयो ।

जिल्लाभरका इलाका प्रहरी तथा चौकीबाट परिचालन हुने व्यवस्थाको नेतृत्व प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले गर्नुहुने र अन्य सबै गतिविधिको परिचालन र अनुगमन प्रहरी उपरीक्षक ढकाल आफैंले गर्नुहुनेछ ।

उपरीक्षक ढकालले यस्ता क्रियाकलापले आपराधिक मनस्थितिका व्यक्ति निरुत्साहित हुने र यौनजन्य घटना विरुद्ध आम नागरिक थप क्रियाशील भएर आपराधिक घटनामा कमी आउने अपेक्षा गरिएकोे बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

सि जिनपिङबाट ल्याटिन अमेरिकी नेताहरुलाई बेइजिंगमा सम्वोधन, लगानी बढाउने प्रतिवद्धता

सम्बन्धित

बजेटमा आर्थिक सुधारका कार्यक्रमलाई उच्च महत्त्व दिन्छाैँ – अर्थमन्त्री पौडेल

राष्ट्रिय सभामा बहसः मल व्यवस्थापनदेखि काठ आयात प्रतिस्थापनसम्म

हाम्रो पार्टी अफिस एक-एक रुपैयाँमा बनाउँछौँ भन्ने पनि निस्किए – प्रधानमन्त्री

बनेपामा बन्ने फिल्म स्टुडियो प्रधानमन्त्री ओलीले गरे बालुवाटरमा शुभारम्भ

सुशासन नसुधारी पानी जहाज र मोनोरेलको सपना बेचेर मात्र हुन्न – मनीष झा

स्वास्थ्य बिमा विस्तार गर्न नसके राज्यले उपचारको दायित्व वहन गर्न सक्दैन- मन्त्री पौडेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com