ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दैलेखको पश्चिममा नयाँ दुई शहर निर्माणले गति लिएन


bhawani desk
भाद्र ४, २०७५ सोमबार  ४ : ४८ बजे

दैलेख, ४ भाद्र । सरकारद्वारा घोषित नयाँ शहरमध्ये दैलेखको पश्चिममा पर्ने आठबीस नगरपालिका राकम कर्णालीको निर्माण कार्यले गति लिन सकेको छैन ।

सरकारले मध्यपहाडी राजमार्गमा १० नयाँ शहर बनाउने घोषणासहित आयोजना निर्माण कार्यक्रम शुरु गरेको थियो । मध्यपहाडी राजमार्गसँगै पर्ने दैलेखको राकम कर्णालीमा नयाँ शहर बनाउन चार वर्षअघि कार्यालय खोलियो ।

तर आयोजनाको काम सुस्त गतिमा अगाडि बढेको जिल्ला समन्वय समिति दैलेखका सदस्य ललितजङ्ग माझीले बताउनुभयो । आयोजनाका कर्मचारीको लापर्बाही र उचित ध्यान नपुग्दा योजना जिम्मा लिएका कम्पनीलेसमेत काममा ढिलाइ गरिरहेको माझीको भनाइ छ ।

अहिलेसम्म २० प्रतिशत कामसमेत हुन नसकेको र आयोजनाले स्थानीय बासिन्दासँग समन्वय नै नगरी जथाभावी ढङ्गले सडकको बाटो खोलेको स्थानीय अर्जुनबहादुर शाहीले बताउनुभयो । जग्गा विवादले काम लामो समयदेखि प्रभावित छ ।

सहयोगीका भरमा कार्यालय

आयोजना राकम कर्णालीको कार्यालय डेढ महिनादेखि प्रमुखविहीन छ । कार्यालय प्रमुख सञ्जीव शाहले आफू समीक्षा कार्यक्रमा सहभागी हुन काठमाडौँ गएको जानकारी दिनुभयो । अन्य तीन कर्मचारी बिदा बसेपछि सहयोगीको भरमा कार्यालय सञ्चालन भएको छ । लेखापाल र खरिदारसमेत काठमाडौँमै छन् । १४ जनाको दरबन्दीको कार्यालयमा करारका कर्मचारीको साउन १ गतेदेखि म्याद सकिएको थियो ।

पाँच वर्षदेखि जग्गा अधिग्रहणमा कुरा नमिल्दा पनि काम सुस्त हुन पुगेको आयोजनाले जनाएको छ । शहरी विकासका लागि १३७ रोपनी जग्गा अधिग्रहण प्रक्रिया मुआब्जा विवादकै कारण रोकिएको हो ।

अधिग्रहणमा शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय सुर्खेतको प्रतिवेदनका आधारमा जग्गा प्राप्ति ऐन विपरीत मुआब्जा निर्धारण गरिएको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका थिए । उनीहरूले नियमअनुसार मुआब्जा वितरण गर्नुपर्ने भन्दै क्षेत्रीय प्रशासन कार्यालय र गृहमन्त्रालयमा उजुरी दिएका थिए ।

सम्बन्धित निकायले उजुरीको सुनुवाइ नगरेको स्थानीय मिलन विकले बताउनुभयो । आयोजनाले जग्गा बराबरको मुआब्जा दिन नसक्दा आफूहरूले रकम लिन नमानेको विकको भनाइ छ ।

जग्गा खाली नभएकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम रोकिएको कन्सल्टेन्सीले जनाएको छ । एसभीआरसी कन्सल्टेन्सीका सञ्चालक केशवराज पाठकले विसं २०७३ मा कामको सम्झौता गरे पनि जग्गाधनीले जग्गा दिन नमानेकाले काममा ढिलाइ भएको बताउनुभयो । “ब्लक पनि पास भएको एक वर्ष भयो, फिल्डमा आएर धेरैपटक जग्गा धनीसँग सहकार्य गर्न खोज्यौँ तर समस्या समाधान हुन सकेन ।”
आयोजनाले उज्यालो शहर कार्यक्रमअन्तर्गत राकम कर्णालीमा सौर्य ऊर्जा जडान गरिसकेको छ । जडान गरिएको सौर्य ऊर्जा पहुँच भएकाको घर अगाडि रहेको स्थानीय बासिन्दा हरिदेवी माझीले बताउनुभयो ।

आयोजनाले समस्या समाधान गर्ने नयाँ प्रक्रिया अपनाएको जनाएको छ । राकम कर्णाली– ५ स्थित बगरखेतमा ‘ल्यान्ड पोलिङ’ को जिम्मा लिएको मैत्री कन्सल्टेन्सीले २५ दिनअघि नै काम सकिएको जनाएको छ । आयोजनालाई सम्पूर्ण जग्गाको जिम्मा दिइएको छ । पछिल्लो समय आयोजना भित्रका सम्पूर्ण जग्गाको २४ प्रतिशत मुआब्जा कटौती गर्दै ७६ प्रतिशत जग्गा धनीलाई उपलब्ध गराउने प्रतिबद्धतासाथ काम गरिरहेको खरिदार दीपक दसौदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन ६ दिन बाँकी: आजदेखि मादक पदार्थ बिक्रीवितरण र सेवनमा प्रतिबन्ध

संखुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प

सम्बन्धित

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

रञ्जित तामाङलाई प्रचण्डको फोन – जितेर आउनुस् मन्त्री बनाउँछु

सुर्खेतबाट पूर्ण खड्काका भाइको उद्षोष –कर्णालीमा कांग्रेस एक ढिक्का छ, भ्रम छर्ने काम नहोस्

नवलपरासी रास्वपा सभापति ठकुरी कांग्रेस प्रवेश

बीबीसीको अनुसन्धान : तत्कालीन आईजीपीको आदेशमा घातक बल प्रयोग, विद्यालय पोसाकमै किशोरको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com