काठमाडौँ, ४ भाद्र । कालीमाटी बजारमा तनाव बढेपछि आपूर्ति मन्त्री मात्रिका यादव आफैं कालीमाटी तरकारी तथा फलफूल बजारमा पुगेका छन् ।
मन्त्रीसँग वाणिज्य तथा आपूर्ति सचिव चन्द्रकुमार घिमिरे पनि बजार अनुगमनमा भएको अवरोधबारे जानकारी लिन पुगेका छन् ।
विहान कालिमाटी तरकारी अनुगमन गर्न गएको टोलीलाई बिचौलिया र ब्यापारीहरुले धमक्याएका थिए ।
तनावको स्थिति उत्पन्न भएपछि कालिमाटी बजार विकास समितिको भवनमा अनुगमन टोली थुनिएको थियो । कालीमाटी तरकारी बजार अनुगमनमा अवरोध गरेको भन्दै प्रहरीले दुई जना व्यवसायीलाई पक्राउ गरेको छ ।
कालीमाटी तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष भरत खतिवडा र अर्का व्यवसायी विमल ढुंगानालाई पक्राउ गरेको हो ।उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ।
सोमबार बिहान कालीमाटीस्थित तरकारी बजार अनुगमनमा गएको आपूर्ति बिभागको टोलीलाई भित्र राखेर व्यापारीले अवरोध गरेपछि उक्त टोलीलाई छुटाउन त्यहाँ प्रहरी परिचालन गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्