ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशसभा सञ्चालन गर्न अनुभवी कर्मचारीको अभाव


एबीसी न्यूज


काठमाडौँ, ४ भाद्र । सङ्घीय संसद सचिवालयमा कार्यरत एकजना सहसचिवसहित १४ जना उपसचिवले संसद सेवा परिवर्तन गरी निजामती सेवामा जान सचिवालयमा निवेदन दिनुभएको छ ।

संसदीय प्रक्रिया र अनुभवले खारिएका ती कर्मचारीलाई दुई/दुई जनाको दरले सातवटै प्रदेशसभा सचिवालयमा पठाउन पाए कति राम्रो हुन्थ्यो होला ? प्रदेशसभाहरु थप व्यवस्थित रुपमा सञ्चालन कार्य अगाडि बढ्थ्यो होला । व्यक्तिगत रुपमा मैले प्रदेशसभा सचिवालयमा जान तयार हुनुहन्छ ? भन्ने प्रश्न राख्दा हुन्छ ‘सेवा परिवर्तन गरी जानपाए जान तयार छौँ ’जवाफ दिनुभएको छ ।

यस्तो अवस्थामा सेवा परिवर्तन गरेर भए पनि प्रदेशसभाहरुलाई थप व्यवस्थित रुपमा सञ्चालन गर्न सङ्घबाट कर्मचारी किन नपठाउने ? राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पहिलो पटक आइतबार यहाँ सङ्घीय संसद सचिवालयद्वारा आयोजित संसदीय प्रक्रिया र अनुभव कार्यक्रममा आफ्ना ती भनाई राख्नुभयो । अध्यक्ष तिमिल्सिनाले भन्नुभयो “म यो कुरा राष्ट्रपति एवं प्रधानमन्त्री समक्ष राख्छु ।”

संसदीय विधि र प्रक्रियामार्फत् व्यवस्थित रुपमा प्रदेशसभा सञ्चालन गर्न मुख्य रुपमा यसका बारे अनुभवले खारिएका र दख्खल कर्मचारीको ज्यादै अभाव रहेको छ । सङ्घीय संसद सचिवालयले पहिलो प्रदेशसभा सञ्चालन गर्न सातवटै प्रदेशमा कर्मचारी खटाएको थियो । तर अहिले सङ्घीय संसद सचिवालयले प्रदेशसभालाई कर्मचारी व्यवस्थापनमा सहयोग गर्न नसक्ने अवस्थामा रहेको जनाएको छ ।

कर्णाली प्रदेशका सभामुख अर्जुन थापाले भन्नुभयो “प्रदेशसभाका लागि भौतिक संरचनाका साथमा कर्मचारीको ज्यादै अभाव रहेको छ । कानूनका सहसचिव, उपसचिव त परै जावोस् अधिकृत पनि छैन, केही कर्मचारीलाई अभिमुखीकरण दिएर काम चलाइरहेको छु ।”

प्रदेश सरकारले पठाएका विधेयक संसदीय समितिमा दफावार छलफल गर्ने, विज्ञबाट राय सुझाव लिने, प्रदेशसभाले पास गर्ने, प्रमाणीकरण गर्ने गरेको छु उहाँले भन्नुभयो । हालसम्म प्रदेशसभामा पेश भएका १५ विधेयकमध्ये आठवटा प्रमाणीकरण भएका छन् । सभामुख थापाले भन्नुभयो, “संसदीय प्रक्रिया बुझ्ने कर्मचारी पठाउन सङ्घसँग धेरैपटक माग गरेँ, अहिलेसम्म पूरा भएको छैन ।”

दुईपटक तत्कालीन प्रतिनिधिसभामा सांसद तथा राज्यमन्त्रीको जिम्मेवारी सम्हालि सक्नुभएका दुई नम्बर प्रदेशका सभामुख सरोज यादव प्रदेशसभाका लागि मुख्य रुपमा दक्ष र अनुभवी कर्मचारीको अभाव रहेको बताउनुहुन्छ । “यसअधि प्रतिनिधिसभाका सांसदको अनुभव भएकासँग संसदीय प्रक्रियाका बारेमा बढी ज्ञान हुने । पहिलो पटक सांसद हुनेसँग प्रक्रिया जान्न समय लाग्ने । बीचमा तालमेल गराउन चुनौती रहेको छ । मेरो आफ्नै अनुभवले काम गरिरहेको छु” उहाँले भन्नुभयो । सो प्रदेशसभाले ११ वटा विधेयक पारित गरिसकेको बताइएको छ ।

प्रदेश १ का उपसभामुख सरस्वती पोखरेल एकातिर प्रदेशमा कर्मचारी आउन नै नमान्ने । बल्ल आएका पनि छिटोछिटो सरुवा हुने कारण हैरानी भएको दुःखेसो व्यक्त गर्नुहुन्छ । उहाँका अनुसार प्रदेशसभामा हालसम्म तीनवटा सचिव परिवर्तन भइसक्नुभएको छ । उहाँले भन्नुभयो “सङघीयता कार्यान्वयनका क्रममा आउने चुनौतीलाई सामना गर्दै अगाडि बढिरहेका छौं । प्रदेश तहमा जान कर्मचारीलाई आकर्षण गर्नुप¥यो ।” उहाँका अनुसार सो प्रदेशले १६ वटा विधेयक पारित गरिसकेको छ ।

गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्मा संसदीय प्रक्रिया बुझेका कर्मचारीको अभाव हुँदाहुँदै सदन सञ्चालन भइरहेको छ, भन्नुहुन्छ । उहाँले भन्नुभयो “अनुभवी कर्मचारी भए प्रदेशसभा सञ्चालन अझै व्यवस्थित हुने थियो ।

“राम्रो काम गर्न सर्वप्रथम आफैँ जान्नु पर्ने रहेछ म आफैँ संसदीय प्रक्रियाका बारेमा सुक्ष्मभन्दा सुक्ष्म रुपमा सिक्दैछु, दक्ष कर्मचारीको अभाव हुँदाहुँदै प्रदेशसभालाई व्यवस्थित बनाइरहेको छु ।” प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले भन्नुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’

जलवायु परिवर्तनको चुनौतीलाई समाधान गर्न प्रतिबद्ध – भारतका वातावरण मन्त्री यादव

सम्बन्धित

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की नियुक्त

शिक्षकलाई शिक्षामन्त्री पन्तले बोलाए वार्तामा

सामाजिक सञ्जालमा ट्राफिक प्रहरीबाट सर्वसाधारण निर्घात कुटपिट भएको भिडिओ सार्वजनिक

शिक्षक आन्दोलन आज पनि निरन्तर, ऐन जारी नभएसम्म नफर्किने अडान

इलिमिनेटरमा जितसहित पोखरा दोस्रो क्वालिफायरमा, चितवन बाहिरियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com