ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतिय च्याउ बन्द गर्न माग सहित किसानहरु अन्दोलनमा


bhawani desk


भक्तपुर ३ भाद्र । च्याउ उत्पादक किसान संघर्ष समितिले भारतबाट आयत हुने च्याउ बन्द गर्नु पर्ने भन्दै अन्दोलनमा उत्रिएको छ ।

रफत सञ्चार क्लबमा आयोजित पत्रकार सम्मेलमा च्याउ किसान उत्पादन संघर्ष समितिका संयोजक प्रेम नारायण अधिकारिले नेपाली च्याउ उत्पादनलाई प्रोत्साहन गर्ने भन्दा पनि भारतबाट च्याउ आयतलाई प्रोत्सान दिएर नेपाली उत्पादनलाई निरुत्साहि गरेकाले संर्घषमा उत्रनु परेको बताउनु भयो ।

उहाँले नेपाली च्याउ उत्पादनलाई प्रबिधि युक्त बनाउन नसकेको र ब्यवसायिक रुपमा ४० भन्दा बढि जिल्लामा च्याउ उत्पादनमा लागेका झन्डै पचास हजार नेपालीलाई सरकारले बेरोजगार तर्फ धकेल्न थालेको आरोप लगाउनु भयो ।

यस्तै अवस्था रहे नेपाली च्याउ उत्पादनमा लागेका किसान बारीमा नभएर रोजगारीका लागि खाडीमा जानु पर्ने बाध्यता आउने उहाँको भनाई छ । सरकार समक्ष च्याउ उत्पादन किसान संघर्ष समितिले राखेको १९ बुँदे माग पत्रलाई सरकारले सम्बोधन गरेर नेपालमा उत्पादन हुने च्याउको संरक्षण र प्रर्वदनको भूमिका खेल्दै बजार ब्यवस्थापनमा लाग्नु पर्नेमा जोड दिनु भयो ।

संघर्ष समितिका सदस्य सचिव शनिस लागेजुले नेपालमा उत्पादन हुने च्याउलाई भन्दा पनि भारतबाट बैद्य अवैद्य रुपमा भित्रने झन्डै १ लाख मेट्रिक टन च्याउको बजारलाई रोक्न नसक्दा नेपाली च्याउ बजार प्रभाबित बनेको बताउनु भयो ।

उहाँले नेपाली बजारमा झन्डै २० हजार मेट्रिक टन उत्पादन हुने च्याउको बजारलाई कसरी ब्यवस्थित गर्ने यस तर्फ सकरकाले ध्यान दिन नसकेको गुनासो गर्नु भयो । सरकारले कृषि क्षेत्रलाई प्रोत्सान मूलक बिभिन्न कार्यक्रमहरु ल्याएता पनि त्यसको ब्यबहार लागू हुन नसकेको च्याउ उत्पादक किसानहरुको पिडाले प्रष्टाएको उहाँले बताउनु भयो ।

संघर्ष समितिले अन्दोलनको चरणलाई निरन्तरता दिँदै आज कालिमाटि फलफूल तथा तरकारी बजारमा आफूहरुले उत्पादन गरेको बस्तु बिचौलियाहरुबाट नभई आफैले बिक्रि गरेको थियो ।

सघर्षको कार्यक्रम अन्र्तगत आज कालिमाटिमा कोण सभाका साथै बल्खु तरकारी बजारमा भारतबाट आयत गरिएको बैद्य अबैद्य च्याउ किसानहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । आफ्ना मागहरुको सम्बोधन नगरिए चरणबद्ध अन्दोलनमा उत्रन बाध्य हुने संर्घष समितिले पत्रकार सम्मलेनमा जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com