ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केरुङबाट स्याउ बोकी आएका कन्टेनर अलपत्र


bhawani desk
भाद्र २, २०७५ शनिबार  ४ : ०० बजे

रसुवा २ भदौ । पहिरोका कारण रसुवागढी नाकाबाट आयात भएको चिनियाँ स्याउबीच बाटोमा अलपत्र परेपछि कुहिने सम्भावना बढेको छ ।

कन्टेनर डिब्बा चालक कार्पु लामाका अनुसार यही शुक्रबार बिहान गोसाइँकुण्ड गाउँपालिका–५ त्रिशूली नदी छेउमा पहिरो गई पासाङ ल्हामु राजमार्ग क्षति भएपछि सवारी आवागमन पूर्णरुपमा बन्द हँुदा केरुङबाट स्याउ बोकी आएका ३०–४० वटा कन्टेनर डिब्बा ठूलो भार्खुदेखि स्याफ्रुबेँशीसम्म सडकका विभिन्न भागमा अलपत्र परेकोले स्याउ कुहिने सम्भावना बढ्दै गएको हो ।

पहिरो गएको २४ घण्टा बितिसक्दा पनि राजमार्ग सञ्चालनको तयारी नहुँदा श्रम गरेर जीविकोपार्जन गर्ने डिब्बा चालकलाई ठूलो मर्का परेकाले शीघ्र मर्मतका लागि सरोकार निकायसामु अग्रह गरिएको चालक लामाले बताउनुभयो ।

केही दिन अगाडि बाढी पहिरोका कारण रसुवागढी नजीक खोलाले कटान गरी सडक क्षति पु¥याएको र अर्काेतर्फ घट्टेखोला पुलसमेत ठाडो खोलाले क्षति पु¥याइ असहज परिस्थितिमा समेत डेढ किलोमिटर क्षेत्रमा मानिसद्वारा बोकाइ पल्टी गरेर ल्याएको स्याउ पुनःपल्टी गर्ने सम्भावनासमेत नभएबाट सडक पहिरो व्यवस्थापन गरिदिन आग्रह गरिदिएको सवारी धनी स्थानीय घ्युर्मी लामाले बताउनुभयो ।

क्षति भएको स्थानमाथितर्फ पहिरो तल तिर त्रिशूली नदीको चर्काे पानीको बहावले असहज अवस्था भए पनि कुनातर्फबाट छिटोभन्दा छिटो राजमार्ग सञ्चालनका लागि सामान जुटाउने काम अघि बढिसकेको डिभिजन सडक प्रमुख नीरज शाक्यले जानकारी दिनुभयो ।

अलपत्र कन्टेनर डिब्बामा करीब एक करोड ६८ लाखभन्दा बढीको स्याउ रहेको बताउँदै डिब्बा धनीसमेत रहेका स्थानीय घ्युर्मी लामाले नेपालको एकमात्र उत्तरी नाका रसुवागढी व्यवस्थित पार्न सडक कार्यालयले विपद् व्यवस्थापनको निर्माण सामग्री समयमै मौज्दात राख्ने वातावरणको सिर्जना गरी दिनसमेत आग्रह गर्नुभएको छ ।

गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले भने आफ्नो कार्यक्षेत्रको आधार इलाकामा पर्ने राजमार्ग छिटो छरितो सुचारु गर्न स्थानीय सरकारका तर्फबाट सरोकारवाला निकायलाई तर ताकेता भइरहेको र पहिरो स्थल छोटा दूरीको भएकाले मानसरोवर कैलाश जाने भारतीय तीर्थयात्रु र नेपाल भित्रने चिनियाँ पर्यटकलाई तत्कालको समयमा मोटर पल्टी गरी ओहरदोहर गराउन सम्बन्धित टे«किङ एजेन्सीलाई सुझाव दिइएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन ६ दिन बाँकी: आजदेखि मादक पदार्थ बिक्रीवितरण र सेवनमा प्रतिबन्ध

संखुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प

सम्बन्धित

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

रञ्जित तामाङलाई प्रचण्डको फोन – जितेर आउनुस् मन्त्री बनाउँछु

सुर्खेतबाट पूर्ण खड्काका भाइको उद्षोष –कर्णालीमा कांग्रेस एक ढिक्का छ, भ्रम छर्ने काम नहोस्

नवलपरासी रास्वपा सभापति ठकुरी कांग्रेस प्रवेश

बीबीसीको अनुसन्धान : तत्कालीन आईजीपीको आदेशमा घातक बल प्रयोग, विद्यालय पोसाकमै किशोरको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com