ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लागूऔषध दुर्व्यसनीमा फस्दै किशोरी-किशोर


bhawani desk

बाँके, २ भदौ । छोराहरु मात्र लागूऔषध दुव्र्यसनीमा फस्छन् भन्दै कतै तपाइँले उनीहरुको आनीबानीका बारेमा चासो दिने तर छोरीहरुको आनीबानीका बारेमा शङ्का नै नगर्ने त गर्नुभएको छैन ? यदि त्यस्तो हो भने तपाइँमाथि कुनै पनि बेला पछुताउनु पर्ने अवस्थामा आइलाग्न सक्छ ।

बाँकेमा पुरुषमात्र होइन, महिला पनि लागूऔषधको दुव्र्यसनीमा फसेका थुप्रै उदाहरण छन् । अझ कक्षा ८ देखि दश जोड दुईमा अध्ययन गर्ने किशोरी त झनै लागूऔषधको उच्च जोखिममा रहेको पाइएको छ । बाँकेमा कडा खालको लागूऔषध प्रयोगकर्ताको सङ्ख्या करीब एक हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ ।

ग्रामीण क्षेत्रबाट शहर आउने किशोरकिशोरी सङ्गतका कारण लागूऔषध दुव्र्यसनमा फस्ने गरेको पाइन्छ । लागूऔषध दुव्र्यसनमा पसेसँगै आर्थिक जोहो गर्नकै लागि कतिपय किशोरी यौन पेशामा समाहित हुने गरेको लागूऔषधविरुद्ध काम गर्दै आएको संस्था साहारा हाउस नेपालगञ्जले जनाएको छ ।

साहारा हाउस नेपालगञ्जका कार्यकारी प्रमुख अभिराज क्षेत्रीले भन्नुभयो, “कलिलो उमेरका किशोरी लागूऔषधका प्रयोगकर्ता बनेका छन् । यो सङ्ख्या बढ्दो क्रममा रहेकाले चिन्ता उत्पन्न भएको छ ।” बाँकेमा कति जना लागूऔषध दुव्र्यसनी छन् र तीमध्ये युवती कति छन् भन्ने आधिकारिक तथ्याङ्क नभएको क्षेत्रीले बताउनुभयो ।

निम्न आर्थिक अवस्थादेखि सम्पन्न घरका किशोरी लागूऔषध दुव्र्यसनमा फस्ने गरेको पाइएको छ । दुव्र्यसनीमा फसेपछि त्यसबाट मुक्ति पाउनका लागि उपचार विधि अपनाउनेमा युवा धेरै छन् । युवतीको सङ्ख्या अति कम छ । पुनःस्थापना केन्द्र र अन्य उपचार विधि अपनाउने आफू दुव्र्यसनी भएको पोल खुल्ने डरका कारण युवती आउन नमान्ने गरेको क्षेत्रीले बताउनुभयो ।

अर्काको देखासिकी, प्रेम सम्बन्ध र लागूऔषधको सहज उपलब्धताका कारण किशोरीहरु दुव्र्यसनीमा फस्ने गरेका छन् । कार्यकारी प्रमुख क्षेत्रीले भन्नुभयो, “यो समस्या दिनानुदिन बढ्दै गएको छ । चाँडो समाधान गर्न सकिएन भने छोराछोरी बाहिर जाँदा होस् वा विद्यालय जाँदा अभिभावकसँगै जानुपर्ने अवस्था आउन सक्छ ।”

दुव्र्यसनमा फसेका पुरुषलाई आवासीयरुपमै राखेर दुव्र्यसनमुक्त गर्न नेपालगञ्जमा पुनःस्थापना केन्द्र सञ्चालनमा रहेका छन् । तर महिलालाई भने पोखरा र काठमाडौँ पठाउनुपर्ने बाध्यता छ । हालसम्म त्यसरी सुधार गृहमा पठाइएका महिलाको सङ्ख्या अत्यन्तै न्यून रहेको पाइन्छ ।

“लागूऔषध दुव्र्यसन अहिलेको ज्वलन्त समस्या नै हो । लागूऔषध दुव्र्यसन कम गर्न सरकारसँग कुनै ठोस नीति र योजना छैन”, कार्यकारी प्रमुख क्षेत्रीले भन्नुभयो, “अहिलेको नीतिले थामथुम पार्ने मात्रै हो, यो प्रभावकारी हुन सकेको छैन । सरकारले नै यस विषयमा विस्तृत योजनाका साथ अघि बढ्नुपर्छ ।”

बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक अरुण पौडेलले प्रहरी हिरासतमा रहेका थुनुवामध्ये करीब ७० प्रतिशत लागूऔषध ओसारपसार र प्रयोगकर्ता नै रहेको जानकारी दिनुभयो । यसले पनि जिल्लामा लागूऔषधको ओसारपसारसँगै प्रयोगकर्ताको सङ्ख्यामा उच्च वृद्धि हुने गरेको पाइन्छ । “उमेर समूहका आधारमा पनि लागूऔषध सेवन गर्ने र विस्तारै ओसारपसारमा संलग्न हुनेमा किशोरकिशोरीको सङ्ख्या उच्च देखिएको छ”, प्रहरी उपरीक्षक पौडेलले भन्नुभयो, “हामी यसको न्यूनीकरणका लागि कार्ययोजना बनाएरै अघि बढिरहेका छौँ । शुरुवातमा सचेतनामूलक काम गरिरहेका छौँ ।”

लागूऔषधको कारोवारको केन्द्रका रुपमा पनि बाँके जिल्लालाई प्रयोग गर्न थालिएको छ । नेपाल–भारत सीमानाका हुँदै कर्णाली प्रदेशका पहाडी जिल्लामा समेत लागूऔषध ओसारपसार हुने गर्छ । लागूऔषध कारोवार र प्रयोगकर्ता हप्तैपिच्छे पक्राउ पर्ने गरे पनि यो क्रम भने रोकिएको छैन । (रासस)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसदबाट स्वत:निलम्बित भए बस्नेत

टेरामक्स प्रकरण : पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सम्बन्धित

नेपालको ब्यूरोक्रेसीलाई हामीले नै लोभी बनाएका छौँ – शंकर पोखरेल

प्रधानमन्त्रीसँग चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षको शिष्टाचार भेट

मानवीय जीवन र पृथ्वीको भविष्य जोगाउन मिलेर काम गर्नुपर्नेमा जोड

१४ महिनापछि देउवाजीलाई ‘लौ प्रधानमन्त्री’ भन्दै किस्तीमा राखेर पद हस्तान्तरण गर्छु – प्रधानमन्त्री ओली

कांग्रेस सांसद बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै निलम्बन हुने प्रतिनिधिसभा सदस्य ३ पुगे, एक फरार

अब दुईचार दिनमै नयाँ गभर्नर पाउँछौँ – सञ्चारमन्त्री गुरुङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com