ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहकारीका कानुनी समस्या हल गर्न सरकार तयार छ: प्रधानमन्त्री ओली


bhawani desk

काठमाडौं,३१ साउन । प्रधानमन्त्री केपीशर्मा ओलीले सहकारीहरुलाई आफ्ना गतिविधी कृषिमा केन्द्रीत गर्न आग्रह गर्नु भएको छ । राष्ट्रिय सहकारी महासंघको प्रतिनिधी मण्डलसँग आज सिंहदरबारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गर्नु भएको हो ।

प्रधानमन्त्री ओलीले कृषिमा देशको करिब दुई तिहाइ जनसंख्या निर्भर भएकोले यो क्षेत्रलाई आधुनिकीकरण नगरी देशमा समृद्धि हासिल नहुने बताउनु भएको छ ।

“सहकारीले कृषिमा आधुनिकीकरणका लागि खेती प्रणालीलाई ठुला–ठुला प्लटमा लैजानु पर्छ ”प्रधानमन्त्री ओलीले भन्नुभयो “कृषिमा यान्त्रिकीकरण र प्रविधिको प्रयोगबाट उत्पादन र उत्पादकत्व दुवै बढाउन सकिन्छ । यो कुरा सहकारीको प्राथमिकतामा हुनुपर्दछ । ”

प्रधानमन्त्री ओलीले सहकारीहरु ऋण तथा बचतमा मात्र केन्द्रीतहुुनु नुहने बताउनु भएको छ । “सहकारीहरुले उपभोग्यवश्तु,निर्यात जन्यवश्तुको उत्पादनमाजोड दिनु पर्दछ”प्रधानमन्त्री ओलीले भन्नुभयो ।

किसानलाई आधुनिक खेतीतर्फ प्रोत्साहन गर्नका लागि सहकरीले सस्तो व्याजमा ऋण उपलब्ध गराउनु पर्ने र त्यसकालागि सरकारले सहकारीहरुलाई सहयोग गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

“वर्तमान सरकार सहकारी मैत्री छ । सहकारीले भोगेको कानुनी अफ्ठयारालाई हलगर्न सरकार तयार छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “कुन ऐनले कहाँ कहाँ अफ्ठ्यारो पारेको छ । लेखेर ल्याउनुहोस ।

त्यसलाई सम्बोधन गर्न सरकार तयार छ ।”सरकारले लागु गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई सफलपार्न पनि सहकारीहरुको ठुलो भूमिका हुने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले परियोजना मार्फत १ हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा गरिने खेतीलाई सुपर जोन र ५ सय हेक्टर भन्दा बढी क्षेत्रफलमा गरिने खेतीलाई जोनको रुपमा विकास गरिएको बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो “चक्ला बन्दी भएको जग्गालाई भाडामा लिएर एउटै प्लट बनाएर ठुलो मात्रामा खेती गर्ने काम सहकारीहरुले गर्नुपर्दछ । ”

महासंघका अध्यक्ष केशव वडालले प्रस्तावित सहकारी ऐनमा भएका केही प्रावधानहरु सच्याउन माग गर्दै प्रधानमन्त्री ओलीलाई एक ध्यान आकर्षण पत्र पेश गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिका र चीनसँग व्यापार युद्ध निष्क्रिय पार्न १४५ % ट्यारिफलाई ३०% मा झार्न सहमत

आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै

सम्बन्धित

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की नियुक्त

शिक्षकलाई शिक्षामन्त्री पन्तले बोलाए वार्तामा

सामाजिक सञ्जालमा ट्राफिक प्रहरीबाट सर्वसाधारण निर्घात कुटपिट भएको भिडिओ सार्वजनिक

शिक्षक आन्दोलन आज पनि निरन्तर, ऐन जारी नभएसम्म नफर्किने अडान

इलिमिनेटरमा जितसहित पोखरा दोस्रो क्वालिफायरमा, चितवन बाहिरियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com