ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दीपेशको नेतृत्वमा दिलबहादुरलाई साउदी जेलमुक्त गर्न ६७ लाख ब्लड मनी हस्तान्तरण


admin

काठमाडौं, ३० साउन । साउदी अरेवियाको जेलमा रहेका जनमुक्ती सेनाका पुर्व सदस्य रोल्पाका दिलबहादुर घर्तीमगरको जीवन रक्षाका लागि संकलित सहयोग रकम हस्तान्तरण भएको छ ।

अभियानका संयोजक युवा नेता दिपेश पुनसहितको टोलीले संकलन गरेको ६७ लाख रुपैयाँ परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली मार्फत हस्तान्तरण गरिएको संयोजक पुनले जानकारी दिए ।

सो रकम साउदी दूताबास हुँदै मृतकका परिवारले प्राप्त गरेपछि दिलबहादुर रिहाई हुनेछन् । विगत तीन महिना अगाडिदेखि सहयोग संकलन अभियान टोलीले घर्तीमगरको जीवन रक्षाका लागि ‘दिलबहादुर घर्ती बचाउनको लागि ब्लडमनि संकलन अभियान–२०७५’ संचालन गरेको थियो । अभियानका क्रममा विदेश तथा स्वदेशमा गरि रु. १ करोड ४ लाख २६ हजार २ सय २३ रुपैया संकलन गरेको थियो ।

अभियानबाट संकलित मध्य बचेको रकम विशेष कोष बनाएर सामाजिक काममा खर्च गर्ने संयोजक पुनले समाचार दैनिक डटकमलाई बताए । पूर्व जनमुक्ती सेनाका सदस्य रहेका घर्तीको कमजोर आर्थिक अवस्थाका कारण परिवारले क्षतिपूर्तिवापतको रकम तिर्न सक्ने अवस्था नभएपछि युवा नेताहरुले सामाजिक अभियान चलाएका थिए ।

रोजगारीको सिलसिलामा दिलबहादुर घर्तीमगर डिस्टीनी प्लेसमेन्ट सर्भिसेज बानेश्वरबाट बाट साउदी अरबको रियादस्थित कन्ट्रक्ुन कम्पनीमा काम गर्दथे ।

रियादको दोआद्मी भन्ने ठाउँमा कार्यरत रहँदा सवारी चलाउने क्रममा बाटोमा साउदी नागरिकले चलाएको कारमा ठोक्किदा साउदी नागरिकको मृत्यु भएको थियो ।

२०७३ जेठ ३० गते जेल परेका घर्तीलाई अदालतले ७५ प्रतिशत गल्ती गरेको ठहर गरि देखाई २ लाख २५ हजार रियल मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । हाल उनी क्षतिपूर्ति रकम तिर्न नसकेर साउदी जेलमा जीवन बिताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com