ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनतासँग प्रधानमन्त्री आजदेखि हरेक साता प्रत्यक्ष प्रसारण हुने


एबीसी न्यूज
श्रावण ३०, २०७५ बुधबार  ७ : ४२ बजे

काठमाडौं ३० साउन। जनतासँग प्रधानमन्त्री कार्यक्रम बुधबार (आज) देखि हरेक हप्ता प्रत्यक्ष प्रसारण हुने भएको छ। यसअघि यो कार्यक्रम पाक्षिक रूपमा प्रसारण हुँदै आएको थियो।

कथा नेपालले निर्माण गरिरहेको कार्यक्रम साउन २ र साउन १६ गते रेकर्ड गरेर प्रसारण गरिएको थियो।
आजदेखि कार्यक्रम नेपाल टेलिभिजन, एबीसी टेलिभिजन, एपीवान एचडी, हिमालय टेलिभिजन  र जनता टेलिभिजनमा राती ९ बजेदेखि १० बजेसम्म प्रत्यक्ष प्रसारण हुने कार्यक्रमका संचालक तथा निर्माता मनोज पाण्डेले बताए।

साथै ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रमको फेसबुक पेज र ‘हाम्रो कथा’ युट्युब च्यानलबाट पनि प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ।
यसपटकदेखि कार्यक्रममा दर्शकले टेलिफोन तथा सामाजिक सञ्जालहरू फेसबुक र ट्विटरमार्फत् प्रधानमन्त्रीसमक्ष सिधै प्रश्न राख्न पाउने व्यवस्था मिलाइएको छ।

टेलिफोनमार्फत् प्रश्न राख्न कार्यक्रम सुरू भएपछि नेपाल टेलिभिजनको फोन नम्बर ०१–४२००५१२ र ०१–४२००५१३ मा फोन गर्नुपर्नेछ भने ‘जनतासँग प्रधानमन्त्री’को फेसबुक पेज तथा ट्विटरबाट पनि प्रश्न तथा आफ्नो गुनासो राख्न पाइने व्यवस्था मिलाइएको कथा नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भदौ २४ गते आगजनी र लुटपाट गर्नेहरूलाई कारबाही गर्नुपर्छ– प्रचण्ड

कोहीसँग तालमेल, गठबन्धन हुँदैन: प्रचण्ड

सम्बन्धित

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

रञ्जित तामाङलाई प्रचण्डको फोन – जितेर आउनुस् मन्त्री बनाउँछु

सुर्खेतबाट पूर्ण खड्काका भाइको उद्षोष –कर्णालीमा कांग्रेस एक ढिक्का छ, भ्रम छर्ने काम नहोस्

नवलपरासी रास्वपा सभापति ठकुरी कांग्रेस प्रवेश

बीबीसीको अनुसन्धान : तत्कालीन आईजीपीको आदेशमा घातक बल प्रयोग, विद्यालय पोसाकमै किशोरको मृत्यु

सिक्किम–नेपाल सीमा नजिक ४.६ म्याग्निच्युडको भूकम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com