
काठमाडौं , २८ साउन । अर्थमन्त्री डा. युवराज खतिवडाले जथाभावी लगानी नगर्न लघुवित्त संस्थाहरुलाई चेतावनी दिनु भएको छ । अर्थमन्त्री खतिवडाले लघुवित्त संस्थाहरुलाई ग्रामिण क्षेत्रमा जान पनि आग्रह गर्नु भयो ।
उहाँले गरिवी घटाउने लक्ष्यका साथ दुर्गम ग्रामिण क्षेत्रमा पुग्न लघुवित्त संस्थाहरुलाई आग्रह गर्नु भएको हो । अर्थमन्त्री खतिवडाले चरम गरिवी र अभाव भएको ग्रामिण क्षेत्रमा जानका लागि स्थानीय तहसँग आवश्यक सहकार्य गर्न पनि लघुवित्त संस्थाहरुको ध्यानाकर्षण गराउनु भयो ।
उहाँले गरिवीको क्षेत्रमा नेपालले केही प्रगति हासिल गरेको भएपनि त्यो समान नभएकाले धेरै गरिवी भएको ठाउँलाई लक्षित गरेर सरकारले आयआर्जनको कामलाई अघि बढाउने योजना पनि अघि सार्नु भयो ।
सोमबार काठमाडौंमा आयोजित स्वावलम्बन विकास केन्द्रको २७ औं वार्षिकोत्सव तथा लघु उद्यमशीलता विकास पुरस्कार समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले गरिवी घटाउँदै लैजाने अभियानमा सरकारले लघुवित्त संस्थाहरुसँग सहकार्य गरेर अघि बढन चाहेको पनि स्पष्ट पार्नु भयो ।
अर्थमन्त्री खतिवडाले जथाभावी लगानी नगर्न पनि लघुवित्त संस्थाहरुलाई सचेत गराउनु भयो । उहाँले सुगम क्षेत्रमा पर्याप्त वित्तिय संस्थाहरु रहेकाले दुर्गम क्षेत्रमा जान सबै तयार हुनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । अर्थमन्त्री खतिवडाले व्याजदरलाई व्यवस्थित बनाउन पनि बैंक तथा वित्तिय संस्थालाई पुनः निर्देशन दिनु भयो ।







प्रतिक्रिया दिनुहोस्