ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साउन महिनाको अन्तिम सोमबार गलेश्वरमा भक्तजनको भिड


bhawani desk


बेनी, २८ साउन । बेनी नगरपालीका –९ मा रहेको म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वरमा साउन महिनाको अन्तिम सोमबार आज भक्तजनको भिड लागेको छ ।

कालिगण्डकी नदीको किनारमा ९ रोपनी विशाल चक्रशिलामा रहेको गलेश्वरधाममा पुजापाठ गर्नका लागि म्याग्दीसंगै, बागलुङ, पर्वत, कास्की, लगायतका क्षेत्रबाट ठुलो संख्यामा भक्तजनहरु आएको गलेश्वर शिवालय क्षेत्रविकास कोषका उपाध्यक्ष पण्डित भिमनाथ पराजुलिले बताउनुभयो ।

बिहान ५ बजेदेखि नै भक्तजनहरु लाईनमा बसेर गलेश्वरको दर्शन तथा पुजापाठ गरेका छन् । दिउँसो मध्यान्न सम्ममा २० हजार बढी भक्तजनहरुले पुजाअर्चना गरेको कोषले जनाएको छ ।

गलेश्वर शिवालयको दर्शन तथा पुजापाठ र १०८ शिवलिङ्गमा कालिगण्डकी नदीको जल अर्पण गरेमा मनोकामना पुरा हुन जनविश्वास रहेको छ । धार्मीक गन्थ्रहरुमा गलेश्वरमा सतीदेवीको गला पतन भएको उल्लेख छ ।

कालीगण्डकी नदीको किनारमा चट्टानमाथी अवस्थित गलेश्वरको पुजाआजा र दर्शन गरेमा मनोकाक्षा पुरा हुने विश्वासले साउन महिनाको सोमबारहरुमा मात्रै करिब १ लाख बढी भक्तजनहरुले गलेश्वरको दर्शन गरेको कोषका सदस्य सचिब माधवप्रसाद रेग्मीले बताउनुभयो ।

गलेश्वरधाममा भगवान शिवको पुजा आराधान गर्नाले मनोकांक्षा पुरा हुने विश्वासले साउने सोमबारमा भक्तजनको संख्या ह्वात्तै बढ्ने गरेको छ । मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको गलेश्वर विश्वकै अलौकिक तिर्थस्थलको रुपमा परिचित छ ।

गलेश्वरमा भक्तजनबाट संकलन हुने भेटिलाई शिवालय क्षेत्र विकास कोषले पारदर्शी रुपमा सार्वजनिक गर्दै आएको छ । भेटीबाट संकलन हुने रकम गलेश्वरमा पूर्वाधार निर्माण र सामाजिक कार्यहरुमा खर्चिदै आइएको छ ।

गलेश्वरमा आउने हजारौँ भक्तजनहरुको कारण मन्दिरमा चढाउने नरिवल संगै फुलप्रसादको व्यापार समेत ह्वात्तै बढ्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com