ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेशको जस्तै मेहनत गरे नेपालमै सुन फल्छ


bhawani desk
श्रावण २७, २०७५ आईतबार  ३ : ०४ बजे

बैतडी, २७ साउन । मलेसियामा काम गरेर फर्किनुभएका बैतडीका हर्कसिंह भण्डारी अहिले कुखुरा पाल्नुहुन्छ । दोगडाकेदार गाउँपालिका ६ सित्तड घर भएका भण्डारी विदेशमा पोल्ट्री फार्ममै काम गर्नुहुन्थ्यो । विदेशमा धेरै दुःख गरेर उहाँले चार वर्ष बिताउनुभयो तर पैसा कमाउन सक्नुभएन । त्यहाँ छँदै उहाँले अठोट पनि गर्नुभयो – स्वदेश फर्केर यही पेशा अपनाउने ।

विदेशबाट फर्केर भण्डारीले श्रीमती पार्वतीको सहयोगमा खौलाबजारमा कुखुरापालनसँगै अहिले माछापालन, बाख्रापालन र गाँउमै खुद्रा पसल सञ्चालन गरिराख्नुभएको छ । तीस वर्षीय भण्डारीले अब भुलेर विदेशमा नजाने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “मेहनत आफ्नै भूमिमा गर्न सकियो भने सुनै फलाउन सक्छौं । हामी नेपाली स्वेदशमा मेहनत गर्दैनौं । विदेश गएर पछुताउँछौं । नेपालमै सबै कुरा सम्भव छ ।”

विसं २०६६ सालमा कामको खोजीमा २१ वर्षको उमेरमा भण्डारी विदेश भासिनुभयो । विदेशी भूमिमा मालिकको आदेश मानेर बस्नुभयो । मलेसियाको गर्मी, कठिन काम र न्यून तलब सम्झेर उहाँ अझै झस्किनुहुन्छ । आफ्नो भोगाइ सुनाउँदै उहाँले भन्नुभयो – “आफ्नो घरपरिवार माया मारेर ऋणको भारी बोकेर विदेशिएँ । चार वर्षपछि घर फर्किंदा ल्याएको पैसा साहुको ऋण तिर्नमै ठिक्क भयो ।”

मलेसियाको ५४६ रुपैयाँ न्यूनतम तलब (नेपाली १० हजार रुपैयाँ) मा चार वर्ष गुजार्नुभएका भण्डारीलाई ती चार वर्ष काट्न निकै गाह्रो भएको रहेछ । विदेशमा पाएको कष्ट सम्झंदै उहाँले भन्नुभयो – “विदेशमा आफ्नो भन्ने कोही थिएन । बिरामी हुँदा समेत बोल्ने मान्छे पाइन्नँ” । देशमा रोजगारीको अवसर नहुँदा युवा विदेशिन बाध्य भइरहेको उहाँको ठम्याइ छ ।

धैरेजसो विदेश जाने बेला शुरुमा हौसिने भएपनि त्यहाँ पुगेर काम शुरु गर्दा विदेश किन आएँ होला भनेर उदेक मान्ने गरेको उहाँको अनुभव छ ।
मलेसियामा पोल्ट्री फार्ममा काम गर्दा भण्डारीलाई ६ महिनासम्म निकै दुःख भयो । “काम सुरु गरेको ६ महिनासम्म त आत्महत्या नै गरौं कि भनेर पनि सोचें,” उहाँले भन्नुभयो – “दुःख गरे एक दिन अवश्य सुख मिल्छ भन्ने सोच आयो । अनि आफैंलाई सम्हालें ।”

निर्वाचनका बेला भोटका लागि मात्रै थुप्रै नेताले आश्वासन दिने गरेको उहाँको बुझाइ छ । रोजगार दिलाइदिने आश्वासन दिने नेताहरु चुनाव जितिसकेपछि बिर्सन्छन् ।
विदेशवाट फर्केको केही दिनमै गाउँमै खुद्रा पसल थाप्नुभएका भण्डारीले केही महिनामै कुखुरापालन शुरु गर्नुभयो । अहिले आएर माछापालन व्यवसाय शुरु गर्नुभएको छ ।

भण्डारीलाई श्रीमती पार्वतीले सघाइ राख्नुभएको छ । पार्वतीले भन्नुभयो – “पैसा कमाउन विदेश गएका श्रीमान् रित्तो हात आए । अनि त हाम्रो व्यवसायमा लाग्नेबाहेक अरू विकल्प नै भएन । अहिले खुशीसाथ व्यवसाय गरिरहेका छौं ।”
कुखुरापालन, माछापालन, बाख्रापालन तथा खुद्रापसलबाट भण्डारी दम्पतीले मासिक रु ३० हजार जति कमाउने गरेका छन् ।

खौलाबजारसम्म पुग्न यातायात तथा विद्युत्को सुविधा नहुँदा व्यवसाय गर्न उहाँले केही असजिलो भएको छ । “दुई घण्टा लगाएर पन्ज्यु नयाँ सडकसम्म पुगिन्छ,” उहाँले भन्नुभयो – “सडक र बिजुली पुग्यो भने व्यवसाय अझै फस्टाउने थियो ।”
एक छोरा एक छोरी रहेका भण्डारी दम्पतीले छोराछोरीको लालनपालनमा समेत राम्रैसँगै गरिरहेका छन् ।

भण्डारीका व्यवसायमा स्थानीय सरकारले पनि सहयोग गरिरहेको छ । दोगडाकेदार गाउँपालिकाले माछापालनका लागि रु ८० हजार सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।

व्यावसायिक रुपमा कृषि पेशामा लागेका कृषकहरुलाई गाउँपालिकाले अनुदान सहयोग गरिरहेको छ । दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले भन्नुभयो – “विदेशबाट फर्केर राम्रो व्यवसाय गरिरहेकाले हामीले भण्डारीलाई अनुदान सहयोग गरेका हौं ।”
आम्दानी बढाएर गाउँपालिकालाई मासु, अण्डा र फलफूलमा आत्मनिर्भर बनोउने उहाँहरुको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भदौ २४ गते आगजनी र लुटपाट गर्नेहरूलाई कारबाही गर्नुपर्छ– प्रचण्ड

कोहीसँग तालमेल, गठबन्धन हुँदैन: प्रचण्ड

सम्बन्धित

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

रञ्जित तामाङलाई प्रचण्डको फोन – जितेर आउनुस् मन्त्री बनाउँछु

सुर्खेतबाट पूर्ण खड्काका भाइको उद्षोष –कर्णालीमा कांग्रेस एक ढिक्का छ, भ्रम छर्ने काम नहोस्

नवलपरासी रास्वपा सभापति ठकुरी कांग्रेस प्रवेश

बीबीसीको अनुसन्धान : तत्कालीन आईजीपीको आदेशमा घातक बल प्रयोग, विद्यालय पोसाकमै किशोरको मृत्यु

सिक्किम–नेपाल सीमा नजिक ४.६ म्याग्निच्युडको भूकम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com