ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुस्तकालयमा दुई पक्षबीच विवाद


bhawani desk

 नेपालगन्ज्, २७ साउन । बाँकेको कोहलपुरस्थित ज्ञानोदय पुस्तकालय दुई पक्षको असमझदारीका कारण विवादमा परेको छ । वर्तमान कार्यसमितिले आफूखुशी आजीवन सदस्यता वितरण गरेको र असमझदारीबीच साधारणसभा खोजेको भन्दै पुस्तकालयमा तालाबन्दीसमेत गरेका छन् ।

“केही आजीवन सदस्यको विरोधका बाबजुद १७औँ साधारणसभा गर्नु, सदस्यताको टुंगो लगाउन नसक्नु र पुस्तकालय जस्तो पवित्र संस्थामा चरम राजनीतिक गुटबन्दी गर्न खोज्नु नै मुख्य विवादको कारण हो”, आजीवन सदस्य राजेन्द्र विष्टको भनाइ छ । पुस्तकालयका अध्यक्ष लिलबहादुर राना नेतृत्वको वर्तमान कार्यसमितिले साधारणसभा गरेर निर्वाचन तालिका सार्वजनिक गरेपछि असन्तुष्ट पक्षले पुस्तकालयमा तालाबन्दी गरेका हुन् ।

यसअघि असन्तुष्ट पक्षले बाँके जिल्ला प्रशासन कार्यालयमा सदस्यतासम्बन्धी विवाद टुंगो लगाएर मात्र चुनाव हुनुपर्ने मागसहितको निवेदन दिएका थिए । तर, त्यसको टुंगो नलागेकै अवस्थामा निर्वाचनको प्रक्रिया अघि बढाइएकाले केही आजीवन सदस्यले पुस्तकालयमा तालाबन्दी गरेका हुन् ।

यस सम्बन्धमा अध्यक्ष रानाले जिल्ला प्रशासन कार्यालयले विवाद टुंग्याइ प्रक्रिया अघि बढाउन दिएको निर्देशन बमोजिमै साधारणसभा र निर्वाचनको तालिका सार्वजनिक गरिएको बताउनुभयो । पुस्तकालयमा यसखाले विवाद आउनु लज्जास्पद भएकाले यसको समाधान आपसी समझदारीबाट हुनुपर्ने अधिकांश सदस्यको माग छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com