ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रविधिमैत्री बन्दै सामुदायिक विद्यालय


bhawani desk


रुकुम,२६ साउन। पश्चिम रुकुमका सामुदायिक विद्यालयहरुलाई प्रविधिमैत्री बनाईने भएको छ । जिल्लाका ३ नगरपालिका र ३ गाउँपालिकामा अवस्थित दुई सय ८७ वटा सामुदायिक विद्यालयहरुलाई प्रविधिमैत्री बनाउन लागिएको हो ।

स्थानिय तहका नगर तथा गाउँ कार्यापाललिकाहरुले विद्यालयमा डिजिटल प्रविधिबाट पठनपाठनको लागी कार्ययोजना बनाएर काम अगाडि बढाएका छन । कम्प्युटर प्रोजेक्टर र डिजिटल वोर्डको माध्यामबाट पठनपाठनका साथै व्यवस्थापनको काम प्रविधिमैत्री बनाउन लागिएको बताएका छन ।

सुचना र प्रविधिको विकास संगै शिक्षाको गुणस्तरमा वृद्धि गर्ने उद्देश्यले सामुदायिक विद्यालयहरुलाई प्रविधिमैत्री बनाउन लागिएको चौरजहारी नगरपालिका प्रमुख विशाल शर्माले जानकारी दिए ।

नगरपालिकाले शिक्षा क्षेत्रलाई प्रमुख प्राथामिकतामा राखेको भन्दै व्यवस्थित भौतिक पुर्वाधार निर्माणका साथै विद्यालयमा डिजिटल प्रविधिबाट पठनपाठनको काम सुरुगरीने प्रमुख शर्माले बताएका छन ।

शैशिक गुणस्तर अविबृिद्ध गरी जीवन उपयोगी शिक्षा प्रदान गर्न विज्ञहरुको सुझाव प्रविधिको प्रयोग र स्थानिय स्रोत परिचालन सम्वन्धि अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले पश्चिम रुकुममा प्रविधिमैत्री शिक्षाको आवाश्यकता रहेको वताउदै त्यसको लागी स्थानिय सरकारले ल्याएको योजनाले विद्यार्थीहरुको सर्वागींन विकासमा सहयोग पुग्ने बताए ।

अहिलेको अध्ययन अध्यापन विविधमा परम्परागत र विद्यार्थी केन्द्रित विधिको प्रयोग भैरहेकोले जिल्लामा सुरुहुन लागेको अनुसन्धान एवम प्रविधिमैत्री शिक्षण सिकाई महत्वपुर्ण रहेको शीतल माध्यामिक विद्यालय चौरजहारीका प्राचार्य गणेश रिजालले बताए ।

पश्चिम रुकुमको चौरजहारी, आठविसकोट ,मुसिकोट नगरपालिका र वाँफीकोट,त्रिवोणी र सानीभेरी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा सुरुगर्न लागीएको प्रविविधि मैत्री शिक्षामा स्थानिय स्रोत र साधनको समेत प्रयोग गरिने मिराज नेपालका व्यवस्थापन डाईरेक्टर छत्रहरि कार्कीले बताए।

जिल्लाका सामुदायिक विद्यालयहरुमा प्रविधिको प्रयोगगरी शिक्षाको गुणस्तरमा ८० प्रतिसत पुरयाउने लक्ष राखिएको जिल्ला समन्वय समिति रुकुमका प्रमुख राजकुमार शर्माले जानकारी दिए । प्रविधिमैत्री शिक्षाको लागी जनशक्ती उत्पादन तालिम तथा प्रविधिको प्रयोगका व्यवस्थापनको लागी मिराज नेपाल काठमाडौंले जिम्मा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com